शनिबार, मंसिर १३, २०८२

भरुवा बन्धुकसहित चार जना पक्राउ

रुपन्देहीको देवदह नगरपालिका वडा न. ६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुक सहित हिडेकाको सूचनाका आधारमा चार जनालाई पक्राउ गरेको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

बुटवल- रुपन्देही प्रहरीले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ। रुपन्देहीको देवदह नगरपालिका वडा न. ६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक बनभित्र भरुवा बन्दुक सहित हिडेकाको सूचनाका आधारमा चार जनालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा वडा प्रहरी कार्यालय बुटवलको टोलीले  रुपन्देही देवदह ६ सताकखोला बस्ने बर्ष ३६ का गणेश राना, ४६ वर्षका कृष्ण बहादुर कामु, बर्ष ४९ का सुन बहादुर आले  र  ३६ बर्षका चेत बहादुर दर्लामी रहेका छन। शनिबार दिउँसो वडा प्रहरी कार्यालय बुटवलले उनीहरुलाई पक्राउ गरेको छ।

उनीहरुबाट ७ नाल भरुवा बन्दुक, त्यसमा लाग्‍ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु फेला बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए। 

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयहरुले भने सिकार खेल्न गएको बताएका छन्।

प्रकाशित: May 01, 2022| 18:23 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।