आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडी हटाउने निर्णय राष्ट्रिय टिमको हितमा छ : प्रशिक्षक अल्मुताइरी [पत्रसहित]

खेलाडी हटाउने निर्णय राष्ट्रिय टिमको हितमा छ : प्रशिक्षक अल्मुताइरी [पत्रसहित]

नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले  राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी  गरेका हुन्। 

National life

अल्मुताइरीले  क्याम्पमा रहेका १० खेलाडीलाई प्रशिक्षणबाट हटाएका थिए। त्यसपछि नेपाली टिमका १० सिनियर खेलाडीले राष्ट्रिय टिमको क्याम्प छोडेका थिए। ती खेलाडीबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अलमुताइरीलाई सोधेपछि उनको यस्तो जवाफ आएको हो। 

अलमुताइरीले खेलेको पत्रमा उनले हटाएका खेलाडीलाई फेरि नबोलाउने जनाएका छन्। साथै उनले राष्ट्रिय टिमका खेलाडी नराख्ने निर्णय राष्ट्रिय टिमको हितमा रहेको पनि जनाएका छन्।

यस्तो छ अलमुताइरीको पत्रः

राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू समावेश भएको पछिल्लो घटनाक्रमको सन्दर्भमा भारी मनले यो पत्र लेखिरहेको छु। राष्ट्रिय क्याम्पका केही खेलाडीले एकतर्फी रुपमा ममाथि सार्वजनिक रूपमा आरोप लगाएको मैले बुझेको छु।

Laxmi sunrise bank
kumari

म राष्ट्रिय टोलीका सबै खेलाडीहरूको अभिभावकको रूपमा युवा रगतको आवेगलाई बुझ्न सक्छु जसले असहज अवस्था निम्त्यायो। म यो कुरा बुझाउन चहान्छु कि खेलाडीहरूको एकतर्फी कार्यले मलाई गहिरो  पीडा दिएको छ। किनभने मेरो मनमा सधैं नेपाल राष्ट्रिय फुटबलको हित आइरहन्छ।

म नेपाली राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण काम गरेको छु जसलाई निरन्तरता दिन चाहन्छु। म यो कुरा निरन्तर गर्ने छु भन्ने दृढतापूर्वक विश्वास पनि गर्दछु।

यसबाहेक, म तपाईंलाई सूचित गर्न चाहन्छु कि म खेलाडीहरूले मेरो विरुद्ध लगाएको आरोपहरुका लागि म उनीहरुलाई माफी दिन चहान्छु। म तपाईलाई पनि विनम्र अनुरोध गर्दछु कि उनीहरूले गरेका गल्तीका कारण खेलाडीहरूलाई सजाय नदिनुहोला।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक र प्रमुख चयनकर्ताको हैसियतले टोली निर्माण गर्ने अधिकार र जिम्मेवारी दुवै मलाई हुन्छ। नेपाली राष्ट्रिय टोलीका लागि सम्भावित उत्कृष्ट संयोजन छनोट गर्ने जिम्मेवारी मेरो हो। र, त्यसका लागि पूर्व स्वीकृतिविना राष्ट्रिय टोली छाड्ने (एएफसी एसिया कप छनोटबाट) खेलाडीहरूको नाम टिमबाट हटाउने निर्णय गरेको छु। र, यो  कुरा नेपाली राष्ट्रिय टोली र यसको प्रदर्शनको हितमा रहेको मलाई विश्वास छ। यसबाहेक, म एसिया कप २०२३ को छनोटमा राष्ट्रिय टोलीको प्रदर्शनको पूर्ण जिम्मेवारी लिन्छु भनेर पनि दोहोर्‍याउन चाहन्छु।

म आशा गर्दछु कि तपाईंले मेरो अवस्था बुझ्नुभएको छ र मलाई मेरो कर्तव्य पुरा गर्नका लागि सहयोग गर्नुहुन्छ। जुन सधैं नेपाल राष्ट्रिय फुटबल टोलीको उन्नतिको लागि हो।




प्रकाशित: May 01, 2022| 15:49 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।