शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पोखरेलसँगको चिया भेट सम्झिँदै आईजीपी सिंहको आग्रह- अदालत नजाऔं, मिलेर काम गरौं

पोखरेलसँगको चिया भेट सम्झिँदै आईजीपी सिंहको आग्रह- अदालत नजाऔं, मिलेर काम गरौं

तर, सँगसँगै एआइजीको वरियताक्रममा क्रमशः पहिलो र दोश्रो रहेका विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर सिंहलाई आइजीपी बनाएको भन्दै दुइ एआइजी अदालत जाने तयारीमा रहेको खबर पनि उनले पढिरहेका छन्। यो खबरसँग भने उनी खुशी छैनन्। दुवै एआइजीसँग उनको आग्रह छ, ‘अदालत नजाऔं, मिलेर काम गरौं।’
 |  आइतबार, वैशाख १८, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- आइतबार अपराह्न करिब २ बजे। एआईजी धीरज प्रताप सिंह महाराजगंजस्थित आफ्नो कार्यकक्षमै थिए। उता मन्त्रिपरिषद् बैठक बसिरहेको थियो, उनी आइजीपी नियुक्तिको खबर कुरिरहेका थिए। सायद मुटुको धड्कन जोडले धड्किरहेको थियो।  

triton college

यत्तिकैमा गृह मन्त्रालयबाट फोन आयो, ‘बधाई छ, धीरजजी, सरकारले तपाईलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।’

त्यसपछि सिंहको मुहार खुशीले एकाएक उज्यालो बन्यो। उनी आईजीपी नियुक्त भएको खबरले सिआईबी परिसरमा यतिबेला खुशियाली छाएको छ। सिंहलाई बधाई थाप्न भ्याइनभ्याई छ।

तर, सँगसँगै एआइजीको वरियताक्रममा क्रमशः पहिलो र दोश्रो रहेका विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर सिंहलाई आइजीपी बनाएको भन्दै दुइ एआइजी अदालत जाने तयारीमा रहेको खबर पनि उनले पढिरहेका छन्। 

यो खबरसँग भने उनी खुशी छैनन्। दुवै एआइजीसँग उनको आग्रह छ, ‘अदालत नजाऔं, मिलेर काम गरौं।’ 

Metro Mart
vianet

पोखरेल अदालत जाने खबर सुनेपछि उनले नेपालसमयसँगको कुराकानीमा एक साताअघिको भेट सम्झिँदै भने, ‘पहिलेका महानिरीक्षक प्रतिस्पर्धी एकअर्कामा बोलचाल नै गर्दैन थिएँ, तर म त योबीचमा दुइ पटक उहाँको कार्यकक्षमा गएको थिएँ। चिया खाँदै मैले उहाँसँग भनेको थिएँ, ‘तपाईलाई सरकारले आइजीपी नियुक्त गर्‍यो भने मैले सहयोग गर्छु, तर मलाई नियुक्त गर्‍यो भने तपाईंले सहयोग गर्नुपर्छ। हामीबीच यो सहमति नै भएको थियो। मलाई लाग्छ, उहाँले यो सहमति तोड्नु हुनेछैन।’

'तर, एआइजीको वरीयताक्रममा त तेश्रो हुनुहुन्थ्यो नि' भन्ने प्रश्नमा सिंहले प्रतिस्पर्धी सबै एकै मितिमा प्रहरीमा प्रवेश गरेकाले सिनियर/जुनियर भन्न नमिल्ने तर्क गरे। ‘हामी एकै मितिमा प्रहरीमा प्रवेश गरेका हौँ,’ नेपाल समयसँग उनले भने, ‘इन्स्पेक्टर, डिएसपी र एसपी हुँदासम्म म नम्बर वान थिएँ। पछि एसएसपीमा अर्कै साथी हुनुभयो। डिआईजी पनि एकल बढुवा भयो। त्यसपछि एआईजीमा आफूभन्दा तीन वर्ष सिनियर डिआईजीलाई मिचेर बढुवा गरियो। त्यतिबेला राज्य व्यवस्था समितिले त तत्काल यो निर्णय कार्यान्वयन नगर्न पनि भनेको सबैलाई थाहा छँदैछ। यद्यपि म के भन्छु भनेँ, पहिला म १ नम्बर थिएँ, कालान्तरमा उहाँ हुनुभयो। अहिले सरकारले जसलाई जिम्मेवारी दियो, उसलाई स्वीकार गरौं।’

प्रहरी संगठन सामूहिक प्रयासले चल्ने भएकाले विवाद ननिम्त्याउन उनको एआईजीद्वयसँग आग्रह छ। ‘अदालत गएर विवाद निम्ताएर केही हुन्न,’ उनले भने, ‘एउटै ब्याचभन्दा पछाडिको लाई दिएको भए पो अदालत जाने, तर म त उहाँहरुसँग एउटै बेसिकमा प्रवेश गरेको प्रहरी अधिकृत हुँ। यस्तोमा किन अदालत जाने? फेरि पनि मेरो अनुरोध, अदालत नजाऔं, मिलेर काम गरौं।’

आइजीपी नियुक्त भएका सिंहले नुवाकोट, गोरखा, दोलखा, पर्सा, दाङ, अपराध महाशाखा, प्रदेश नम्बर–२ र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख भएर काम गरिसकेका छन्। आईजीपी नियुक्त भएपछिको कुराकानीमा उनले नेपालगञ्जको प्रहरीको व्यायामशालालाई खुब सम्झिरहेका छन्।

‘मेरो घर नजिकै प्रहरीको व्यायामशाला थियो,’ उनले भने, ‘म त्यहाँ नियमित ब्याडमिन्टन र फुलबल खेल्थेँ। खेल्दाखेल्दै प्रहरीप्रति आकर्षित भएँ। परिवारको पनि सहयोग रह्यो। त्यसपछि इन्सपेक्टरमा एक नम्बरमा नाम निकालेँ। अनि अहिले प्रहरीको नेतृत्व गर्ने अवसर पाएँ। ढुक्क हुनुस्, संगठनमा आक्रामक ढंगले गर्ने छु, कुनै पनि कमी हुन दिने छैन।’

प्रकाशित: May 01, 2022| 15:41 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।