बुधबार, असार १७, २०८३

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदै जिम्वाबे

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबेबीचको खेलमा घरेलु टिम नेपालले पाहुना टिम जिम्वाबे ए लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबेबीचको खेलमा घरेलु टिम नेपालले पाहुना टिम जिम्वाबे ए लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १८१ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाए। त्यस्तै, युवा खेलाडी मोहम्मद आदिल आलमले २७ बलमा सर्वाधिक ४७ रनको योगदान दिएका थिए। जिम्वाबेलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका रोहित पौडेलले ३६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २८ रनको योगदान दिए।

त्यस्तै, नेपालविरुद्ध बलिङ गरेका लुके जोन्वे, ब्राड इवान्स, ब्रान्डन मवुता र जोन मसारालले समान १–१ विकेट गिराएका थिए।प्रतियोगिता शनिबारबाट सुरु हुने भनिए पनि वर्षाका कारण पहिलो दिनको खेल नै स्थगित भएको थियो। साथै यसपहिले एक दिवसीय प्रतियोगिता सुरुमा गर्ने तयारी गरिए पनि मौसमको परिवर्तका कारण पहिले टी २० प्रतियोगिता आयोजना भएको हो।

प्रकाशित: May 01, 2022| 15:23 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।