शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमामा एकीकृत समाजवादीको प्रतिबद्धता : करमुक्त नगरदेखि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणसम्म

तिलोत्तमामा एकीकृत समाजवादीको प्रतिबद्धता : करमुक्त नगरदेखि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणसम्म

नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ। स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना उसले सार्वजनिक गरेको हो ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

बुटवल– नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ। स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना उसले सार्वजनिक गरेको हो ।

National life

एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार बनाएको छ। पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने उल्लेख गरेको छ। नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिँदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। नगरपालिकाका पदाधिकारीले आफ्नै निजी साधन प्रयोग गर्ने पार्टीको प्रतिबद्धता छ ।

त्यसैगरी नगरमा रहेको बैंकमा नगरपालिकाले पैसा राखेवापत ब्याज दिन नसके पनि संस्थागत सामाजिक दायित्व अन्तर्गत नगरपालिकाले बनाउने ठूला संरचना बनाउनुपर्ने शर्त अघि सारेको छ। 

समाजवादीले तिलोत्तमा नगरमा सरकारी तथा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको वहनामा बढी शुल्क लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिब भण्डारीले बताए। उनका अनुसार तिलोत्तमा वडा नम्बर १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०–११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिका स्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने उनले बताए ।

त्यसैगरी तिलोत्तमा नगरपालिकाका नागरिकहरुलाई सिछि कार्ड बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ ।

Laxmi sunrise bank
kumari

तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताइन्। उनले तिलोत्तमा क्षेत्रको मौलिकता र संस्कृतिको संरक्षमा समेत विशेष ध्यान दिने बताइन्। उनका अनुसार वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ। अव्यवस्थित बसोबास भएका र सुकुम्बासीहरुलाई न्यूनतम राजस्वमा तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता पत्रमा छ।

शिक्षा स्वास्थ्य र रोजगारी, कृषि र पूर्वाधारमा समेत नागरिकको आवश्यकता अनुसार बनाउने योजना अघि सारेको छ। नेकपा एस तिलोत्तमामा गठबन्धन कायम नगरि निर्वाचनमा होमिएको छ ।

प्रकाशित: May 01, 2022| 11:11 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।