बुधबार, जेठ २०, २०८३

तिलोत्तमामा एमालेको प्रतिबद्धता : सबै विद्यालयमा नर्स

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

बुटवल– नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ।

National life

विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो। चुनावी प्रतिवद्धता पत्रमार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ।

हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ। आगामी पाँच वर्षभित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ। 

त्यसैगरी मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ। त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागू गर्न सबै विद्यालयहरूमा अनुगमन गरिने एमालेको प्रतिवद्धता छ।

त्यसैगरी एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं १४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ। त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ। ‘यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ,’ एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ।

Shivam cement

एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताए। उनले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा नलेखेको दाबी पनि गरे।

तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवर्द्धन गरिने उनले बताए। दिगो विकास तथा दिगो जीवनशैली, लैंगिक समानता र सांस्कृतिक विविधता संरक्षणका लागि शिक्षामा दिगो विकास प्रवर्द्धनमार्फत आवश्यक ज्ञान तथा सीप प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने एमालेले बताएको छ। 

प्रकाशित: May 01, 2022| 10:34 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।