मंगलबार, फागुन १९, २०८२

एनभीए क्लब भलिबल लिग आजबाट

छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ। पुरुषतर्फ सात र महिलातर्फ पाँच क्लब सहभागी रहेको प्रतियोगिता आजबाट त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुन लागेको हो।

प्रतियोगितामा सहभागी बनेका टिम एनभीए क्लब च्याम्पिनयसिपबाट छनोट भएका थिए। त्यसैको आधारमा यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा पुरुतर्फ तीन विभागीय टिमहरू छन्। जसमा नेपाल त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब रहेका छन्। त्यस्तै,हेल्प नेपाल स्पोर्ट्स क्लब,गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लब गरी पुरुषतर्फ कुल ७ टोलीको सहभागिता छ।

प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब,नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

संघले प्रतियोगिताको एक दिन अघि खेल तालिका सार्वजनिक गरेको थियो। सो तालिका अनुसार उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी र ढोरपाटन भिड्ने छन्।

kumari

पहिलो दिन नै पुलिस र गल्कोट तथा आर्मी र एपिएफबीच पनि प्रतिस्पर्धा हुनेछ। पहिलो दिन महिलातर्फका खेल हुनेछैनन्।

प्रकाशित: May 01, 2022| 09:55 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।