मंगलबार, फागुन १९, २०८२

जुडोमा एकै परिवारका तीन खेलाडी छनोट

१९औं एसियाली खेलकुदकालागि जुडोको प्रारम्भिक छनोटबाट महिला र पुरुष गरी २८ खेलाडी छानिएका छन्। छनोट भएका २८ खेलाडीमा एकै परिवारबाट तीन खेलाडी परेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- १९औं एसियाली खेलकुदकालागि जुडोको प्रारम्भिक छनोटबाट महिला र पुरुष गरी २८ खेलाडी छानिएका छन्। छनोट भएका २८ खेलाडीमा एकै परिवारबाट तीन खेलाडी परेका छन्।

इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ र  निशा श्रेष्ठ सहोदर दाइ बहिनी हुन्। उनीहरू पुरुष तथा महिलाको विभिन्न तौल समूहबाट छनोट भएका हुन्।

छनोटमा पहिलो र दोस्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको थियो।

प्रत्येक तौलसमूहबाट २–२ खेलाडी छानिएपछि गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन्।

शनिबार सम्पन्न छनोटमा १४–१४ पुरुष/महिला गरी २८ खेलाडी छानिएका हुन्।

kumari

पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम)का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मी जंगबहादुर सारू र कैलालीका योगेन्द्र विष्ट छनोट भएका छन्।

त्यस्तै, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमान्शु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ छनोट भए।

त्यस्तै, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का, ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए।

जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए।

एसियाली खेलकुदको १९औं संस्करण चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदै छ।

प्रकाशित: May 01, 2022| 09:28 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।