आइतबार, मंसिर ७, २०८२

गोपीको रेकर्ड सुधार, राजपुराले तोडिन सन्तोषीको कीर्तिमान

सशस्त्र पुलिस क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- सशस्त्र पुलिस क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

National life

उनीहरूले उपाधि जितेसँगै पहिलेको रेकर्डमा पनि सुधार गरेका छन्। गोपले पुरानो आफ्नै रेकर्ड सुधार गरेका हुन् भने सन्तोषी श्रेष्ठले बनाएको रेकर्ड राजपुराले तोडेकी छन्।

वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११ दशमलव ४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जितेका हुन्।

गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४ दशमलव४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेका हुन्।

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५ दशमलव २ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २० दशमलव ४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए।

Laxmi sunrise bank
kumari

महिलातर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १० दशमलव ५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जितिन्। उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३ दशमलव ४५ सेकन्डको कीर्तिमान तोडेकी हुन्।

एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४ दशमलव ३ सेकेन्डमा दोस्रो तथा एपिएफकै बिन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८ दशमलव ९५ सेकेन्डमा तेस्रो स्थानमा रहे।

विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे। नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।

पाँच किलोमिटरतर्फ पुरुषमा आर्मीका मुकेशबहादुर पाल र महिलामा एपिएफकी फुलमती रानाले पहिलो स्थान हासिल गरे। मुकेशले १४ मिनेट ३३ दशमलव ८८ सेकेन्डमा निर्धारित दूरी तय गरे।

दोस्रो भएका एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९ दशमलव ८६ सेकेन्ड तथा तेस्रो स्थानका आर्मीका सुवाष कार्कीले १५ मिनेट १४.०२ सेकेन्डमा दौड निध्याए।

फुलमतीले १७ मिनेट ४२ दशमलव ३१ सेकेन्ड खर्चिन्। आर्मीकी निर्मला केसी १८ मिनेट १५ दशमलव ३४ सेकेन्डमा दोस्रो तथा आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३ दशमलव ९४ सेकेन्डमा तेस्रो बने। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे।

पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो।

प्रकाशित: May 01, 2022| 09:16 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।