बुधबार, फागुन २०, २०८२

एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छान्यो यी खेलाडी

चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ।

नेपाल ब्याडमिन्टन संघले वैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७/७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए।

उनले कोटा निर्धारणपश्चात् यही छनौटमा समावेश भएका खेलाडीबाट एसियाली खेलकुदका लागि बरिएताका आधारमा छनोट गर्ने जानकारी गराएका हुन्।

छनौट प्रतियोगिताबाट पुरुषतर्फ प्रथम स्थानमा विश्व जुनियरको शीर्ष बरियतका प्रिन्स दाहाल  छन्। यस्तै दोस्रो स्थानमा नवीन श्रेष्ठ, तेस्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो बरिएताका दीपेश धामी, पाँचौँमा विष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौँमा सुदीप सेढाई रहेका छन्।

यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोस्रो, जेशिका गुरुङ्ग तेस्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौँ, सुनयना मुखिया छैटौँ र शोभा गौचन सातौँ रहेका छन्।

kumari

प्रकाशित: May 01, 2022| 09:05 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।