बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो स्थानको राजस्थानलाई हराउँदै आईपीएलमा मुम्बईको पहिलो जित

दोस्रो स्थानको राजस्थानलाई हराउँदै आईपीएलमा मुम्बईको पहिलो जित

इन्डियन प्रमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। लिगको नवौं चरणमा मुम्बईले दोस्रो स्थानको राजस्थान रोयल्साई पाँच विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- इन्डियन प्रमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। लिगको नवौं चरणमा मुम्बईले दोस्रो स्थानको राजस्थान रोयल्साई पाँच विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको हो।

National life

यता टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा चार बल बाँकी रहँदै पाँच विकेट गुमाएर १५९ रनको लक्ष्य मुम्बईले १६१ रन बनाएर पुरा गरेको हो।

मुम्बईको जितमा म्यान अफ दि म्याच रहेका सूर्यकुमार यादवले ३९ बलमा ५१ रन बनाएका थिए। त्यस्तै, तिलक वर्माले ३५ रनको योगदान दिए। यता, मुम्बईलाई लक्ष्य पुरा गर्न नदिन रोयल्सका ट्रेन्ट बोल्ट, प्रशिद कृष्ण, रविचन्द्र अश्विन, युजवेन्द्र चहल र कुलदिप शर्माले समान १–१ विकेट लिएका थिए। तर उनीहरूको प्रयास असफल रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका जस बटलरले सर्वाधिक ६७ रन बनाएका थिए भने सन्जु समसनले १५ र देवदत्त पडिक्कलले १५ रनको योगदान दिएका थिए। त्यसक्रममा हृथिक शोकिन र रियल मेरेडिथले समान २–२ विकेट गिराए।

अहिले दोस्रो स्थानको राजस्थानले ९ खेलबाट १२ अंक बनाएको छ। शीर्षस्थानको गुजरातको १६ अंक रहेको छ। पहिलो जितका साथ मुम्बईले दुई अंक बनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 01, 2022| 08:55 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।