मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सिटीको सानदार जित, अर्को खेलमा हार बेहोरेपछि नर्विच रेलिगेसनमा

सिटीको सानदार जित, अर्को खेलमा हार बेहोरेपछि नर्विच रेलिगेसनमा

शनिबार राति लिड्स युनाइटेडविरुद्ध ४–० को जित निकालेसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्षस्थानमा दबदबा कायम राखेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- शनिबार राति लिड्स युनाइटेडविरुद्ध ४–० को जित निकालेसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्षस्थानमा दबदबा कायम राखेको छ। उपाधिको मुख्य दाबेदार सिटीले लगातार जित निकालेसँगै उसले उपाधि होड कायम राखेको हो।

लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एक, ग्याब्रियल जिसस र फर्नान्डिन्होले गोल गरेका थिए। यो जितसँगै ८३ अंक बनाएको सिटी लिभरपुलभन्दा एक अंकले मात्र अघि छ।

गएरातिकै अर्को खेलमा एस्टन भिल्लासँग पराजित भएपछि नर्विच सिटी यो वर्ष ईपीएलबाट रेलिगेसनमा परेको छ। उसले अब अर्को वर्ष दोस्रो डिभिजनको च्याम्पियनसिप खेल्नेछ। अहिले तालिकाको पुछारमा रहेको नर्विचले ३४ खेलबाट २१ अंक बनाए पनि रेलिगेसन टार्न भने सकेन।

गएराति नर्विचविरुद्ध २–० गोलको जित निकालेको एस्टन भिल्लाकालागि भने ओल्ली वाटकिन्स र ड्यानी इंग्सले गोल गरेका थिए। भिल्ला ४० अंकका साथ १३औं स्थानमा छ।

गएरातिकै खेलमा ब्राइटोनले उल्भ्सलाई हराएको छ भने साउथह्याम्टनले क्रिस्टल प्यालेससँग हार बेहोरेको छ। यता लिभरपुलले न्युकासलाई हराएर लिगमा ८२ अंक पुर्‍याएको छ।

kumari

प्रकाशित: May 01, 2022| 08:35 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।