बुधबार, फागुन २०, २०८२

जर्मनीका दुई ठूला क्लब बुन्डेसलिगामा पराजित

जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा पराजित भएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा पराजित भएका छन्।

बुन्डेसलिगाको ३२औं चरणको खेलमा लिगको शीर्ष दुईमा रहेका बायर्न र डर्टमन्ड पराजित भएका हुन्। माइन्जको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले घरेलु टिमसँग ३–१ गोलको हार बेहोरेको हो।

खेलको १८औं मिनेटमा जोनाथन बुर्कडिक्टले गोल गरेपछि बायर्न एक गोलले पछि परेको थियो। २७औं मिनेटमा मोउसा निकाथीले अर्को गोल थपेका थिए।

३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल फर्काएपछि बायर्नले पुनरागमको पनि प्रयास गरेको थियो। तर, ५७औं मिनेटमा माइन्जकै लियान्द्रो बेरारियोले गोल थपे। अन्ततः बायर्न ३–१ ले पराजित भएको हो।

शनिबार रातिकै अर्को खेलमा युवा फरवार्ड इर्लिङ हाल्यान्डले ह्याट्रियक गरे पनि डर्टमन्ड आफ्नै मैदानमा पाहुना टिम बोचुमसँग पराजित भएको छ। हाल्यान्डको ह्याट्रिकका बाबजुद डर्टमन्डले ४–३ गोलको हार बेहोरेको हो।

kumari

खेलको तेस्रो मिनेटमै सेबस्टियन पोल्टरले र आठौं मिनेटमै गेरित होल्मनले गोल गरेका थिए। पछि खेलको १८औं मिनेटमा र ३०औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै हाल्यान्डले गोल गरेका थिए।

त्यसपछि उनले ६२औं मिनेटमा अर्को गोल गर्दै डर्टमन्डलाई अग्रता पनि दिलाएका थिए। तर ८१औं मिनेटमा र ८५ औं मिनेटमा दुई गोल गर्दै बोउचमले ४–३ को जित निकालेको हो।

यो हारका बाबजुद शीर्षस्थानमा रहेको बायर्नको ७५ अंक छ भने दोस्रो स्थानको डर्टमन्डको ६३ अंक छ। जितका साथ ३९ अंक बनाएको बोचुम ११ औं स्थानमा छ भने मायन्ज नवौं स्थानमा छ। माइन्जको ४२ अंक छ।

प्रकाशित: May 01, 2022| 08:12 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।