बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रियललाई ला लिगाको ३५औं उपाधि, एन्सोलोटीले जिते युरोपका पाँचै ठूला लिग

रियललाई ला लिगाको ३५औं उपाधि, एन्सोलोटीले जिते युरोपका पाँचै ठूला लिग

शनिबार राति एस्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै रियल मड्रिडले ३५औं पटक ला लिगाको उपाधि जितेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- शनिबार राति एस्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै रियल मड्रिडले ३५औं पटक ला लिगाको उपाधि जितेको छ। शनिबार राति रियलले घरेलु मैदान बर्नाबेउमा ३५ औं पटक उपाधि जितेको हो।

National life

रियललाई उपाधि दिलाउने खेलमा रोड्रिगोले दुई गोल गरेका थिए भने मार्को एसेन्सियो र करिम बेञ्जिमाले समान १–१ गोल गरेका थिए। यससँगै प्रशिक्षक कार्लो एन्सोलोटीले पहिलो पटक रियल मड्रिडबाट ला लिगाका उपाधि जितेका छन्।

सन् २०१४ मा रियल मड्रिडबाटै युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका एन्सोलोटीले अहिले पहिलो पटक ला लिगाका उपाधि जितेका छन्। यो उपाधिसँगै युरोपका पाँच ठूला लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन्।

चेल्सीबाट इंग्लिस प्रिमियर लिग जितेका एन्सोलोटीले बायर्नबाट बुन्डेसलिगा, पीएसजीबाट लिग वान र एसी मिलानबाट सिरी एको उपाधि जितेका थिए। अहिले उनले ला लिगा जितेपछि युरोपका पाँचै ठूलो लिगका उपाधि जितेका एक्ला प्रशिक्षक बनेका हुन्।

लिगमा चार खेल  बाँकी नै रहँदा शीर्षस्थानको रियल मड्रिड  दोस्रो स्थानको सेभियाभन्दा १७ अंकले अघि रहेको कारण उसले जित जितेको हो। उसलाई लिग जित्नका लागि गएराति बराबरीमा मात्र आवश्यकता थियो। तर उसले सानदार जित निकाल्दै उपाधि आफ्नो नाम गगरेको हो।

Laxmi sunrise bank
kumari

क्लबमा जिनेदिन जिदानेलाई दोस्रो पटक बिदा गरेपछि प्रशिक्षकका रूपमा एन्सोलोटी रियलको टिम सम्हाल्न पुगेका थिए। त्यसयता रियलले राम्रो प्रदर्शन गर्दै आइरहेको छ। उनले प्रियमर क्लबमा एभर्टनमा १८ महिना काम गरेर छोडेका थिए।

यसअघि उनले बर्नाबेउमा दुई वर्ष बिताउँदा पाँच ठूलो उपाधि जितेका थिए। सन् २०१३ देखि २०१५ सम्म उनले ला डेसिमा जितेका थिए। यो रियलको १० औं उपाधि थियो।

उनले पहिलो लिग उपाधि चाहिँ सन् २००४ मा एसी मिलानबाट जितेका थिए। त्यो उपाधि सिरी ए को थियो। त्यो क्लबबाट उनले सन् १९८० को दशममा दुई पटक लिग जितेका थिए।

त्यस्तै, उनले सन् २०१० मा चेल्सीबाट प्रिमियर लिग जिते भने पीएसजीलाई २०१३ मा लिग वानको उपाधि दिलाए। बीचमा प्रशिक्षणका लागि बायर्न म्युनिख पुगेका एन्सोलोटीले त्यहाँ पनि बुन्डेसलिगाका उपाधि जितेका थिए। यो चाहिँ उनले रियल छोडेपछि थियो।

उनको प्रशिक्षणमा रियल अहिले पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। यदि पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीसँग ४-३ लेपछि परेको अवस्थालाई दोस्रो लेगमा उल्ट्याउन सक्छ भने उनको प्रशिक्षण क्लबमा अझै भव्य हुनेछ।

प्रकाशित: May 01, 2022| 08:00 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।