शनिबार, वैशाख २२, २०८१

चितवन कांग्रेसमा कारबाही भोगेका दुई ‘हाइ प्रोफाइल’ बागी

२०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए।
 |  शनिबार, वैशाख १७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्‍नाथ पौडेल पार्टीबाट निष्काशित भए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने समय शुक्रबार बेलुका ५ बजेसम्म तोकिएको थियो। उक्त समय घर्किँदा पनि उनले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि पौडेल कांग्रेसबाट स्वतः निष्काशनमा परे।

triton college

यसअघि शुक्रबार दिउँसो नै कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धनविरुद्ध उम्मेदवारी दिने उम्मेदवार पार्टीबाट स्वतः निष्काशन गरिने बताएको थियो। सोही बमोजिम पौडेल पार्टीको कारबाहीमा परेका हुन्।

भरतपुर महानगरमा पाँच दलीय गठबन्धनले माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाएको छ। पौडेलले उनीविरुद्ध नै ‘बागी’ उम्मेदवारी दिएका हुन्। कांग्रेसबाट बागी उम्मेदवारी दिने पौडेल पूर्व राष्ट्रियसभा सदस्यसमेत हुन्। 

चितवन कांग्रेसका ‘हाइ प्रोफाइल’ नेता मानिने पौडेललाई फकाउन केन्द्रबाट शिर्षस्त नेताहरुले बल नगरेका पनि होइनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी रेणु दाहाल उठेकोले पनि पौडेललाई उम्मेदवारी फिर्ता लिने दबाब बढेको हो। उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठको दौडधुप नै चल्यो। १२ गते उम्मेदवारी दर्ता गराएसँगै उनलाई फिर्ता गराउन कांग्रेसले धेरै मेहनत गर्‍यो। 

मनोनयन दर्ता गर्ने दिन, अर्थात १२ वैशाखमा उम्मेदवारी दर्ता गराएसँगै उनीमाथिको दबाब बढेको हो। त्यसको भोलिपल्ट १३ वैशाखमा प्रचण्ड आफैँ सुटुक्क चितवन पुगे। चितवन पुगेर फोनमार्फत प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरे।

corrent noodles
Metro Mart

प्रचण्डको आग्रह पौडेलले अस्वीकार गरेपछि देउवाको दूत बनेर गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण १४ वैशाखमा चितवन ओर्लिए। उनीहरुले पौडेललाई उम्मेदवारी लिइदिनका लागि फकाउने प्रयास गरे पनि सफल हुन सकेनन्। त्यही दिन पौडेललाई मनाएर काठमाडौं फर्कने कार्यतालिका बनाए पनि खाण चितवनमै बस्‍नुपर्‍यो। र, भोलिपल्ट बिहानै देउवाको आदेशमा राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन पुगे।

यद्पि पौडेलले न त पार्टीको आदेश नै माने न कसैको कुरा सुने। कांग्रेसले कारबाहीको चेतावनी दिँदासमेत पौडेल पछि हटेनन्। बरु पार्टीको आग्रह अस्वीकार गर्दै आफू कारबाही भोग्‍न तयार रहेको अभिव्यक्ति दिएका थिए। अन्तत: उनी पार्टीबाट निष्काशितसमेत भए।

 २०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए। 

पौडेल शुक्रबार दिनभरजस्तो आफ्नो घर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा समर्थक माझ बसेका थिए। जब ५ बजे उम्मेदवारी दिने समय सकियो, उनले निवासमै भेला गरेर आफूलाई मतदान गर्न अपिल नै गरे। यसरी पार्टीकै केन्द्रीय निर्णय विपरीत उनी चुनावी मैदानमा उत्रने भएका हुन्। 

चितवनमा बागी उठेकै कारण पार्टीको कारबाही भोग्‍नुपरेको घटना यो मात्र भने होइन। २०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए। 

तर, ६ वर्षमा स्वतः कारबाही फुकुवा हुनुपर्ने भनिए पनि कोइरालाको कारबाही अझै फुकुवा गरिएको छैन। आजसम्म औपचारिक रुपमा पार्टीले कारबाही फिर्ता भएको जानकारी नदिएको उनी बताउँछन्। ‘त्यो बेला केही प्राविधिक गल्ती भएकै हो। त्यसको सजाय के हुन्छ भन्‍ने जान्दाजान्दै उम्मेदवारी दिएको थिएँ। तर, ६ वर्ष बित्दा पनि औपचारिक रुपमा कारबाही फुकुवा गरिएकोबारे मलाई कुनै जानकारी छैन,’ कोइरालाले नेपाल समयसँग भने।

त्यसबेला कोइरालाले चितवनको क्षेत्र नं. ३ र ४ बाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका थिए। क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको तर्फबाट भीमबहादुर श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएकोमा असन्तुष्ट बनेका उनले बागी उम्मेदवारी दिए। पहिले आफ्नोको नाम पार्टीबाट सिफारिस भए पनि रातारात ‘टिपेक्स’ लगाएर श्रेष्ठलाई पार्टीले आधिकारिक उम्मेदवार बनाएको भन्दै त्यसबेला बागी उम्मेदवारी दिएको उनको दाबी छ।

०७० को चुनावमा भरतपुरमै भए पनि उम्मेदवारी दर्ता गराउन कोइराला आफैँ उपस्थित भएनन्। उनले कांग्रेसकै अन्य कार्यकर्तामार्फत दर्ता गराए। नेपाली कांग्रेस भरतपुर नगरपालिका वडा–६ का बुथ सभापति रमेशप्रसाद अधिकारीमार्फत वारेस पठाएर कोइरालाले क्षेत्र नं. ३ र ४ मा उम्मेदवारी दर्ता गर्न लगाएका थिए। 

क्षेत्र नं.३ को उनको उम्मेदवारीमा तत्कालीन नेपाल तरुण दल चितवनका उपाध्यक्ष राजन ताम्राकार प्रस्तावक र अर्का युवा कांग्रेसी तुफानजंग रायमाझी समर्थक बसेका थिए। त्यस्तै, नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकाश अधिकारी प्रस्तावक र गीतानगरका कृष्णबहादुर भुजेल पनि क्षेत्र नं. ४ को लागि समर्थक बसेका थिए। पार्टी सभापति सुशील कोइरालाको समर्थकमा भने गोविन्द सिग्देल र प्रस्तावकमा बिजयराज भूषाल रहेका थिए।

पार्टीको लागि जति काम गरे पनि नेताको कारिन्दा भएन भने यस्तो समस्या उत्पन्‍न हुने कोइराला बताउँछन्। कारबाही भोगेको समय गुज्रिएपछि पार्टीका नेताहरुसँग पटक-पटक सम्पर्क गर्दा पनि कोइरालामाथिको कारबाही फुकुवा भएको छैन

यसरी तत्कालिन पार्टी सभापति शुशील कोइरालासंग बागी उम्मेदवारी दिएपछि जिल्ला नेता विकास कोइरालालाई पार्टीले कारबाही गर्‍यो। कांग्रेसमा विधानत: कारवाहीमा परेको ६ वर्षपछि स्वतः फुकुवा हुने व्यवस्था छ। तर, उनलाई गरिएको कारबाही भने अझै फुकुवा हुन सकेको छैन। यद्यपि, जिल्लामा उनको राजनीतिक प्रभाव भने अझै पनि कायम रहेको चितवन कांग्रेसका केही नेताहरु बताउँछन्। 

नेताको कारिन्दा नहुँदा यस्तो समस्या 

विधानअनुसार फुकुवा भइसक्नुपर्ने समय आए पनि अहिलेसम्म औपचारिक जानकारी नआएको उनी बताउँछन्। ‘नेपाली कांग्रेसले ८ वर्षअघि मलाई कारबाही गर्‍यो। सुशील कोइरालाविरुद्ध उम्मेदवारी दिएर प्राविधिक रुपमा मैले गल्ती गरेको हुँ,’ उनले नेपाल समयसँग भने, ‘तर, आजसम्म फुकुवा गरिएको बारे कुनै औपचारिक जानकारी दिएको छैन। जे होस्, अहिलेको कांग्रेसको अवस्थालाई पनि म बाहिर बसेर नियालिरहेकै छु।’

पार्टीको लागि जति काम गरे पनि नेताको कारिन्दा भएन भने यस्तो समस्या उत्पन्‍न हुने कोइराला बताउँछन्। कारबाही भोगेको समय गुज्रिएपछि पार्टीका नेताहरुसँग पटक-पटक सम्पर्क गर्दा पनि फुकुवा नभएको उनले बताए। कांग्रेसले अन्तरघात गरेको भन्दै कारबाही गरेपनि उनी यो आरोप स्वीकार्न तयार छैनन्। ‘मैले अन्‍तर्घात गरेको थिइनँ। विद्रोह गरेको थिएँ। त्यो पनि कांग्रेसकै बेथितिविरुद्ध,’ उनले भने।

यसरी चितवनमा दुईजना जिल्लाकै 'हाइ प्रोफाइल' नेताले कारबाही भोगिसकेका छन्। त्यो पनि पार्टी निर्णयविपरीत बागी उठेको भनेर। करीब ०८ वर्ष अगाडि नै कारबाही भोगेका विकास कोइरालाले नै सफाइ नपाएको स्थितिमा पौडेलले कहिले पाउँछन् वा पाउँदैनन् भन्न सकिँदैन। यद्यपि, कोइराला र पौडेलको बागी उम्मेदवारी दिँदाको परिवेश नै फरक छ। कोइराला आफ्नै पार्टी सभापतिविरुद्ध बागी उठ्ने उम्मेदवार हुन भने पौडेल गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालसँग उठेको उम्मेदवार हुन्।


प्रकाशित: Apr 30, 2022| 16:10 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...