शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • म सर्वज्ञानी हुँ भन्ने प्रवृत्तिले पार्टीभित्र समस्या भयो- माधव नेपाल

म सर्वज्ञानी हुँ भन्ने प्रवृत्तिले पार्टीभित्र समस्या भयो- माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्।

वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै आफूले ती समस्या समाधान गरेर अघि बढ्न चाहिरहेको बताएका हुन्।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे।

‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे, सामूहिकताका भावनाहरु हराउन थाले। अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो। मै सबथोक सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्‍यो।’ नेता नेपालल भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं। तर के हल गर्नका लागि पार्टीभित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं? हामी, हो त्यही उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं।’

नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे। इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्‍याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो। वरिष्ठ नेता नेपालले आफूभित्र रहेका त्रुटिहरु स्वीकार गरेर अघि बढ्ने आँट गर्न पनि आग्रह गरे। उनले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन। मान्छे हो त्रुटि हुन सक्दछ, सबै सुध्रिउन, देश, जनता र राष्ट्रका लागि समर्पित होऔं।’

वरिष्ठ नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: Aug 07, 2021| 18:41 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...