काठमाडौं- सांस्कृतिक संस्थानद्धारा मासिक रूपमा आयोजित एकल कविता वाचन कार्यक्रम स्रष्टा र सिर्जनामा कवि गोविन्द नेपाल गुन्जिएका छन्।
राष्ट्रिय नाचघरमा प्रत्येक महिनाको तेस्रो बिहिबार हुदै कार्यक्रममा गोविन्द नेपालले सामाजिक सदुभाव झल्कने खालका कविता सुनाएका थिए। कवितामा मार्फत उनी अहिलेको राजनीति व्याङ्ग्य पनि गरेका थिए।
उनका कविताले अहिलेको समाजलाई गतिलो सन्देश दिइरहेको थियो। श्रावण १७ गते भएको कार्यक्रममा पा्र. डा. माधवप्रसाद पोखरेल प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कवि गोविन्द नेपालले १२ कविता सुनाएका थिए।
एकल वाचन स्रष्टा र सिर्जनाको कार्यक्रममा श्रवण मुकारुङ, श्याम रिमाल, प्रकाश बस्नेत, प्रोल्लास सिन्धुलीया, किशोर पहाडी लगायतको उपस्थित रहेको थियो ।
बाचन गरिएका कविताहरूको समीक्षा बासुदेवमणी अधिकारले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४