शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

हेटौँडामा बर्डफ्लु पुष्टि भएपछि तीन हजारभन्दा बढी कुखुरा नष्ट

बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

National life
Laxmi sunrise bank
kumari

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फार्ममा रहेको तीन हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि तीन हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा, मकवानपुर कुखुरा व्यवसायी सङ्घ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधिलगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो। सो फार्ममा पालिएको तीन हजार ४५३ वटा कुखुरा, पाँच हजार ७८० अण्डा र ४५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए।  

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्डफ्लु प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमूना परीक्षण भने नेगेटिभ आएको छ। 

प्रकाशित: Apr 29, 2022| 21:51 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।