शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमामा गठबन्धनको घोषणापत्र : सम्पत्ति करमा ५० प्रतिशत छुट, प्रशासनिक भवनमा अस्पताल

तिलोत्तमामा गठबन्धनको घोषणापत्र : सम्पत्ति करमा ५० प्रतिशत छुट, प्रशासनिक भवनमा अस्पताल

शुक्रबार गठबन्धले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाउने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तीर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

बुटवल- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले रुपन्देहीको तिलोत्तमामा कर छुटदेखि प्रशासनीय भवनलाई नगर अस्पतालमा रुपान्तरण गर्ने घोषणा गरेको छ। शुक्रबार गठबन्धले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाउने  र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तीर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो। 

National life

नगर प्रमुखका उम्मेदवार कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने प्रतिबद्धता गरिएको छ। तिलोत्तमामा एक वर्षअघि मात्रै करोडौं खर्चेर नयाँ भवन निर्माण गरेको छ। 

त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमिहिन समस्या पूर्णरुपमा निवारण गरिने नगरप्रमुखका उम्मेदवार खाणले बताए।  

जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने प्रतिबद्धतामा उल्लेख छ।  

Laxmi sunrise bank
kumari

उम्मेदवार खाणको प्रतिबद्धतापत्रमा तिलोत्तमाबासीको नागरिकतालाई स्वास्थ्य सुरक्षाको आधार पत्र मानी सहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। 

अध्ययनसँगसँगै स्वआर्जन प्राविधिक क्याम्पस सञ्‍चालन गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना बनाइएको छ। नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ।

नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपांगता भएका तथा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ। नागरिकहरुको आर्थिकस्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयाँ भवन निर्माण गर्ने र भवनको डिजाइन तयार गरिने जनाइएको छ। 

नगर प्रमुखका उम्मेद्वार खाणले एमाले नेतृत्वले पाँच वर्षमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आफूहरुले त्यसलाई समूल अन्त्य गर्ने बताए। तिलोत्तमा नगरपालिकाभित्र विद्युतीय बस सेवा सञ्‍चालन गरिने योजना बनाएको छ। तिलोत्तमामा पाँच वर्षभित्र तिलोत्तमामा चक्रपथ निर्माण कार्य सम्पन्‍न गरिने उपमेयरका उम्मेद्वार हेमन्त पाण्डेले बताए। 

बुटवल र भैरहवाको मध्य भागमा रहेको तिलोत्तमामा पाँच दलीय गठबन्धन कायम हुन सकेको छैन। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन्। एमालेका तर्फबाट मोहन चापागाईं मेयरका उम्मेदवार हुन् भने एकीकृत समाजवादीले आशा कुमारी चौधरीलाई मेयरमा उठाएको छ।

प्रकाशित: Apr 29, 2022| 21:30 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।