आइतबार, मंसिर ७, २०८२

फुटबल टिमको बन्द प्रशिक्षणमा परेका यी हुन् १७ नयाँ खेलाडी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसिया कप छनोटका लागि बोलाएका १७ नयाँ खेलाडीको नाम अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी सार्वजनिक गरेको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसिया कप छनोटका लागि बोलाएका १७ नयाँ खेलाडीको नाम अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार सूचना सार्वजनिक गर्दै अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाएको नयाँ खेलाडीबारे जानकारी दिएको हो।

National life

‘राष्ट्रिय टोलीले बिहीबारदेखि बन्द शिविरमा १७ नयाँ खेलाडी बोलाएको छ,’ एन्फाले सूचनामा लेखेको छ, ‘राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको तयारीका लागि १७ खेलाडीलाई टोलीमा बोलाएका छन्।’

नेपालले छनोटको आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग हुनेछ।

छनोटमा परेका खेलाडी

विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जरगाह मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुप बहादुर लामा, संजोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 29, 2022| 16:43 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।