बुधबार, असार १७, २०८३

खेलाडी र प्रशिक्षक विवाद चुलिएपछि एन्फा बैठक बोलाउन माग

अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बोलाउन संघका तीन उपाध्यक्षले माग गरेका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बोलाउन संघका तीन उपाध्यक्षले माग गरेका छन्। एन्फामा तीन उपाध्यक्षले आज पत्र लेख्दै अध्यक्ष कर्माछरिङ शेर्पालाई बैठक बोलाउन माग गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित उपाध्यक्षहरु वीरबहादुर खड्का र कृष्णबहादुर थापाले एन्फाको बैठक बोलाउन माग गरेका हुन्। बैठकको माग गर्नेमा सदस्य दावा लामा पनि रहेका छन्।

खेलाडीले एन्फा होस्टेलको साटो होटेलमा राख्नुपर्ने विषयलाई लिएर बढेको विवादमा अहिले १० खेलाडी बन्द प्रशिक्षणबाट निकालिएका छन्। उनीहरुको माग जायज नरहेको भन्दै प्रशिक्षक अलमुताइरीले खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेका थिए।

त्यसपछि आफू पीडित भएको भन्दै खेलाडीले पत्रकार सम्मेलन गरेका थिए। खेलाडीले बिहीबार पत्रकार सम्मेलन गरेपछि शुक्रबार बैठकको माग गरिएको हो। यता टिमबाट १० खेलाडी बाहिरिएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप १४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

आजै नयाँ टिमले क्यामरुनी क्लब अभेनीसँग मैत्रीपूर्ण फुटबल खेल्ने तालिका रहेको छ। नेपाली टिम र अभेनी क्लबको मैत्रीपूर्ण खेल पाँच बजे दशरथ रंगशालामा हुनेछ। तर उक्त खेल हेर्न दर्शक र मिडियालाई अनुमति दिइएको छैन।

प्रकाशित: Apr 29, 2022| 15:38 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।