बुधबार, चैत ४, २०८२

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ।

National life

मानिसको कपाल सानै उमेरमा झर्न थाल्छ। कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ। कपाल झर्ने समस्यामा परेका महिलादेखि पुरुषसम्म विभिन्न प्रकारका घरेलु उपचार, कपालको तेल, स्याम्पु र उत्पादन प्रयोग गर्छन्। तर, कहिलेकाहीँ यसको उल्टो असर पनि पर्छ। डन्डीफोर र पातलो कपालको समस्या बढ्न थाल्छ। विज्ञहरूका अनुसार केही चिजको सेवनले कपाल झर्ने समस्या बढी हुन्छ। 

चिनी

चिनीको अत्यधिक सेवनले धेरै रोग निम्त्याउँछ। चिनी शरीरको लागि हानिकारक हुनसक्छ। मधुमेहका बिरामीमा इन्सुलिन रेजिस्टेन्स हुन्छ। जसका कारण कपाल झर्न थाल्छ। धेरै तौलले पनि कपाल झर्ने गर्छ। त्यसैले चिनीको सेवन कम गर्नुपर्छ।

रक्सी

Laxmi sunrise bank
kumari

रक्सीको सेवन कुनै पनि हिसाबले राम्रो होइन। रक्सी पिउनाले मानसिक र शारीरिक दुवै रूपमा धेरै नोक्सान हुन्छ। रक्सीले कपालमा पनि असर गर्छ।

वास्तवमा कपाल केराटिन नामक प्रोटिनबाट बनेको हुन्छ। मदिराको सेवनले प्रोटिनमा नकारात्मक असर पार्छ र कपाल कमजोर हुन्छ र झर्न थाल्दछ।

काँचो अण्डा

अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ, विशेषगरी कपालका लागि अण्डा निकै उपयोगी मानिन्छ तर यसको प्रयोग गर्ने सही उपाय पनि छ। काँचो अण्डा खानु कपालको लागि हानिकारक हुन सक्छ। 

काँचो अण्डाको सेतो भाग खाँदा बायोटिनको कमी हुन्छ। बायोटिनले केराटिनको निर्माणमा मद्दत गर्छ, जसले कपालको प्रोटिनको रूपमा काम गर्छ। यस्तो अवस्थामा काँचो अण्डा खानुको सट्टा पकाएको अण्डा खानुपर्छ।

जंक फुड

अहिले बालबालिकादेखि युवासम्म जंकफुडको खपत बढेको छ। जंक फुड स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। जंक फुडमा सन्तृप्त र मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ। जसका कारण मोटोपना बढ्नुका साथै मुटुको रोग पनि बढ्न सक्छ। कपाल झर्ने समस्या पनि हुन्छ। मसालेदार र तेलीय खानेकुराको सेवनले टाउकोको छालालाई लुब्रिकेट गर्छ। यसले साना छिद्रहरू निम्त्याउँछ र कपाल झर्ने समस्या बढाउन सक्छ।

माछा

‍माछाको सेवनले कपाल झर्ने समस्या पनि बढाउन सक्छ। माछा मा पारा को स्तर धेरै उच्च हुन्छ जसका कारण कपाल झर्न थाल्छ। त्यसैले कपाल झर्ने समस्या छ भने माछाको सेवन कम गर्नुपर्दछ। - अमर उजालाबाट 

प्रकाशित: Apr 30, 2022| 07:09 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्