आइतबार, जेठ ३, २०८३

त्रिविका परीक्षा स्थगित हुँदैनन्- परीक्षा नियन्त्रक जोशी

त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षणा स्थगित नहुने भएका छन्।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षणा स्थगित नहुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेकै दिन त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले सामाजिक सञ्जाल फेसबुकमा एउटा सानो सूचना राख्दै विश्वविद्यालयमा जारी परीक्षा स्थगित नहुने बताएका हुन्।

उनले त्रिविद्वारा सञ्चालित स्नातक तह प्रथम वर्षको व्यवस्थपन संकायका परीक्षा साउन २२ गते सकिएको र विज्ञान तथा शिक्षा संकायका परीक्षा आइतबार सम्पन्न हुने भएकाले मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी भएकाले स्वास्थ्यका मापदण्ड अपनाएर परीक्षा सम्पन्न गर्ने उल्लेख गरेका छन्। 

उनले लामो समयसम्म परीक्षा नभएको भन्दै यही साउन २८ गतेसम्म स्वास्थ्यका सबै मापदण्ड पालना गरी जारी रहेका परीक्षा सञ्चालन गराउन सम्बद्ध सबैलाई अनुरोधसमेत गरेका छन्।

प्रकाशित: Aug 07, 2021| 18:24 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्