शुक्रबार, जेठ १, २०८३

त्रिविमा २३ दिन बिदा

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षेबिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम हुने उल्लेख छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो। 

विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षेबिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरेबमोजिम हुने उल्लेख छ। 

बाँकी क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरेबमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत् रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ।

प्रकाशित: Apr 28, 2022| 18:47 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्