शुक्रबार, कात्तिक २८, २०८२

भरतपुरमा एमाले उम्मेदवारले भने- अटोलाई व्यवस्थित गर्छु

भरतपुर महानगरपालिकाको नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले महानगरमा चल्ने तीन पांग्रे अटोलाई व्यवस्थित गर्ने बताएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

चितवन- भरतपुर महानगरपालिकाको नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले महानगरमा चल्ने तीन पांग्रे अटोलाई व्यवस्थित गर्ने बताएका छन्।

National life

बिहीबार बिहान अटो व्यवसायीहरुसँगको छलफलका क्रममा सुवेदीले आफू मेयरमा निर्वाचित भएपछि भरतपुरमा नयाँ अटो थप्‍न नदिने र भएकालाई व्यवस्थित रुपमा सञ्चालनको व्यवस्था मिलाउने बताए।

 ‘नगर प्रमुखमा निर्वाचित भएपछि यहाँ  सीमित संख्यामा मात्रै अटो चलाउन मिल्ने गरी व्यवस्थित गर्छु’, उनले भने। 

सबै जनता कार चढ्न सक्ने अवस्थामा नभएको भन्दै भन्दै उनले अटोलाई नै व्यवस्थित रुपमा सञ्चालन गरिने बताए। 

व्यवसायीहरुले अटोमा लगाइँदै आएको कर न्युनिकरण गर्नुपर्ने, झन्झटिलो लाइसेन्स प्रक्रियालाई सहज बनाउनुपर्ने र महानगरको मुख्य सडकमा पनि अटो चलाउन पर्ने माग राखेका छन्। 

Laxmi sunrise bank
kumari

त्यस्तै, ट्राफिक प्रहरीले साना ठूला सबै सवारी साधनलाई एकै रुपमा जरिवाना लगाउने गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका थिए। 


प्रकाशित: Apr 28, 2022| 15:42 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।