सोमबार, असोज १२, २०८३

सुन मूल्य तोलामा एक हजारले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा हजार रुपैयाँले नै घटेर ९७ हजार ५०० कायम भएको छ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ गिरावट आएको छ। आज चाँदी तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: Apr 28, 2022| 11:52 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्