बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विज्ञप्ति जारी गर्दै देउवाले भने- साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने भावना राखौं

विज्ञप्ति जारी गर्दै देउवाले भने- साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने भावना राखौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बनेका सबैलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै देउवाले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। 

National life

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु। तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु,’ देउवाले भनेका छन्। 

उनले स्थानीय अवस्था अनुसार नै तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। ‘देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ उनले भनेका छन्।

देउवाले बागी उम्मेदवारी दिएकाहरूलाई शुक्रबार बेलुका पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न आग्रह समेत गरेका छन्।

‘देशभरका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्। 

Shivam cement

हेर्नुहोस् विज्ञप्ति



प्रकाशित: Apr 28, 2022| 11:04 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...