शनिबार, असार ६, २०८३

वालिङमा २५२ जनाको उम्मेदवारी

आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

स्याङ्जा- आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो। 

National life

वालिङ नगरपालिकाका निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी परेको छ। दलहरुले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्। 

नगर प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ भने महिलाको सङ्ख्या शून्य छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा र मङ्गोल अर्गनाइजेसनबाट एक/एक जना तथा स्वतन्त्रबाट दुई जनाको प्रमुखमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नेपालीले बताए।

त्यसैगरी उपप्रमुखमा पाँच महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ। चौध वडा रहेको वालिङ नगरपालिकामा वडाध्यक्षमा ५७ पुरुष र दुई महिलाको उम्मेदवारी परेको छ। यस्तै २८ खुला सदस्यमा ८८ पुरुष र पाँच महिला, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेदवारी परेको छ। रासस

प्रकाशित: Apr 28, 2022| 09:59 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।