शुक्रबार, वैशाख १४, २०८१

दुबई विमानस्थलमा १२ डलरको त्यो बर्गर

हामीलाई हलुमी बेच्न आएकी महिलाले दिरामलाई अमेरिकी डलरमा हिसाब गरिन्। ‘१२ डलर,’ उनले भनिन्। ‘१२ डलर ?’ मैले निदार खुम्च्याएँ।अलिकति पाउरोटी, अलिकति टमाटर, थोरै चिज अनि सलाद साग। यत्तिलाई १२ डलर। ए औडा !
 |  बिहीबार, वैशाख १५, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, वैशाख १५, २०७९

हामी किर्गिस्तान यात्रामा छौँ। यसअघि काठमाडौंबाट यात्रा सुरु गर्नुअघि क्यामेराले नपत्याएकोदुबई जाने विमानभित्रको नेपालबारे अघिल्ला ब्लगमा चर्चा गरिसकिएको छ। अब लागौँ आकाशबाट देखिएको दुबईतिर। 

triton college

विमानबाट ओर्लनुअघि नै विमानबाट समुद्र देखिए। त्यो पनि मैले त पहिलो पटक नै देखेको हो नि। तर अँध्यारो भइसकेकाले कालो देखियो। समुद्रका लहर र छाल केही देखिएन। जमिनमा भने फराकिलो सडक र सडक बत्तीको लहर थियो। 

अहिले एसिया र युरोप यात्राको मुख्य ट्रान्जिट बनेको छ, दुबई अन्तर्राष्ट्रिय एयरपोर्ट। म पहिलो पटक दुबई एयरपोर्ट पुग्दै दिएँ।

मैले मनमनै भनेँ- धेरै नेपाली दाजुभाइले काम गर्न चाहने सहर दुबई पनि आइपुग्यो।

विमान ल्यान्ड भएर पनि धेरै समय दगुर्यो।

corrent noodles
Metro Mart

‘आहो ! कति ठूलो एयरपोर्ट ? काठमाडौंमा एकैछिन दौडाए धावनमार्ग नै सकिन्छ। यहाँ त धावनमार्ग छोडेर पार्किङमा जानै लामो सामय लाग्ने रहेछ,’ मनमा कुराहरु यसरी खेल्न थाले।

प्लेनबाट निस्किएर बसमा चढ्दा पनि विदेश आइपुगे जस्तो लागेकै थिएन। जताततै नेपाली नै नेपाली मात्र थिए। महिलाहरुको दुई झुन्ड थियो। ठूल्ठलो स्वरमा नेपाली बोलिरहेका। आफ्नै देशमै छु कि जस्तो लागिरह्यो।

विशाल विमानस्थलको ट्रान्जिटतर्फ लाग्यौं। बोर्डिङ पास लिइसकेको थियो। विमानमा चढ्का लागि एउटा चेकअप गर्ने ठाउँ थियो। हामी त्यतै लाग्यौं।

‘कोही छुटेको त छैन नि’ भन्दै मिलन दाइले सबैको टाउको गन्नुभयो। जम्मा २३ जना।

विमानमा पानी थोरै पाएकाले हामी तिर्खाएका थियौं। हाम्रो पहिलो लक्ष्य गेट भेट्नु थियो। दोस्रो लक्ष्य खाजा खानु, अनि खाजासँगै पानी पिउनू।

हामी पहिलेजस्तै बसतर्फ अघि बढ्यौं। बसले हाम्रो गेट भएको भवनमा पुर्‍याउन झण्डै २० मिनेट लगायो। यो सबै विमानस्थलकै क्षेत्र हो त ? मलाई अचम्म लाग्यो। पछि थाहा भयो विमानस्थानको क्षेत्रफल नै २९ वर्गकिलोमिटर रहेछ।

मलाई रोचक लागेको दृश्य चाहिँ इमिरेट्सको एयरबस। दुई तले(डबल डेक) एयरबस मैले आफ्ना आँखाले देखेकै थिइनँ। हुन्छ भन्ने थाहा भए पनि आफ्नै आँखाले देख्नुको मजा छुट्टै हुने रहेछ।

प्लेनबाट निस्किएर बसमा चढ्दा पनि विदेश आइपुगे जस्तो लागेकै थिएन। जताततै नेपाली नै नेपाली मात्र थिए। महिलाहरुको दुई झुन्ड थियो। ठूल्ठलो स्वरमा नेपाली बोलिरहेका। आफ्नै देशमै छु कि जस्तो लागिरह्यो।

विमानबाट उत्रिएको एक घण्टापछि गेटमा पुग्यौं। ‘एफ ८’ गेटमा पुग्न ठूलै दुरी तय गर्नुपर्‍यो। भवनभित्र पसेर करिब १५ मिनेट हिँड्नु पर्दा हैरान भइयो। अन्ततः अन्तिम बोर्डिङ गेट भेटियो। त्यतिन्जेल पौने १० बजिसकेको थियो।

विमानस्थलको झिलिमिली उज्यालोले गर्दा निद्रा लाग्ने छाँट थिएन। तर थकाइ र भोक मजाले चर्किएको थियो। गेट देखेपछि खाजा खान निस्कियौं।

तर जताततै ननभेज मात्रै। टोलीले एक ठाउँमा खाजा खाने भयो, तर त्यहाँ भेज नपाइने, आफूलाई भेज नै चाहिने। त्यसैले मुकुन्द र म दुबइको विमानस्थलभित्र भेज खानेकुरा खोज्न हिँड्यौं। केही पर फलफूल देखियो। मैले केरा किनेर खाउ कि भनेको तर मुकुन्दले ह्या भन्यो। बाटो पारीको बेकरीमा छिर्‍यौं।

‘भेज के छ ?’ सोधें।

टुटेफुटेको अंग्रेजीमा उनले केही भने तर मैले बुझिनँ। उनले अर्कोलाई बोलाए।

यसको नाम के हो ? भन्ने प्रश्नको जवाफमा ‘हलुमी’ भन्ने उत्तर आयो।

के यो भेज नै हो ? भन्ने प्रश्नको जवाफमा ‘हो’ भन्ने जवाफ आयो।

हामीले त्यही खाने विचार गर्यौं।

कति दाम हो ?

हामीलाई हलुमी बेच्न आएकी महिलाले दिरामलाई अमेरिकी डलरमा हिसाब गरिन्। ‘१२ डलर,’ उनले भनिन्।

‘१२ डलर ?’ मैले निदार खुम्च्याएँ।

अलिकति पाउरोटी, अलिकति टमाटर, थोरै चिज अनि सलाद साग। यत्तिलाई १२ डलर। ए औडा !

‘खाउँ त ?’ मुकुन्दलाई सोधें। उसले सहमति जनाएपछि दुईवटा हलुमी मगायौं। नाम हलुमी भएको यो खाद्य पदार्थ खासमा बर्गर रहेछ। मोल आफ्नो पैसामा हिसाब गर्दा नेरु १४ सय मात्र ! यति महंगो पदार्थ पहिलो पटक पेटमा पर्ने भो।

‘१४ सयको बर्गरजस्तो चिज कहिले खाइएको छ त ?’ मैले आफैंलाई सोधें। जवाफ आउने कुरै भएन।

तर जे होस् माल चाहिँ बडो स्वादिलो थियो है। सबैथोक ताजाजस्तै। तर, फास्टफुड भनेको फास्टफुड नै हो। मैले पानी मागें। ती महिलाले पानी दिन इन्कार गरिन्।

‘हाम्रो नेपालमा त २० रुप्पेको चिया खाए पनि पानी टन्नै पिउन पाइन्छ हौ,’ नेपालीमै भन्न मन थियो। भनिनँ। यो नेपाल थिएन। अनि यहाँ चाहिँ नपाइने रहेछ।

‘एक कप पनि ?’ मैले सोधें। उनने नभिन्, ‘नो।’

‘किनौं न त,’ मैले मुकुन्दलाई भनें।

‘खाउँ त ?’ मुकुन्दलाई सोधें। उसले सहमति जनाएपछि दुईवटा हलुमी मगायौं। नाम हलुमी भएको यो खाद्य पदार्थ खासमा बर्गर रहेछ। मोल आफ्नो पैसामा हिसाब गर्दा नेरु १४ सय मात्र ! यति महंगो पदार्थ पहिलो पटक पेटमा पर्ने भो।

‘पैसा झोलामा हालिसकें। यो खाइसकेर किनौंला।’ उसको जवाफमा हुन्छको भावमा टाउको हल्लाएँ।

एकैछिनमा ती महिला हामी छेउमा आएर भनिन्, ‘वि जनरल्ली डन्ट सेल वाटर इन वान डलर। बट इफ यू गिभ मि वान डलर, आई विल गिभ यू वाटर।’

त्यसो भन्नुअघि उनी दोमन भएकी मैले देखिरहेको थिएँ।

यो अफर थियो कि व्यापार मैले बुझ्न सकिनँ। तर, सहमति जनाएँ। उनलाई सटहीको लागि एक डलर चाहिएको थियो कि भन्ने अनुमान लगाएँ 

एक डलरमा उनले आधा लिटरका दुई बोतल पानी दिइन्। हलुमीको जस्तो विल चाहिँ दिइनन्। अरबमा पानी कमै पाइन्छ र त्यहाँ पानी किफायती प्रयोगन गर्नुपर्छ भन्ने सुनेको थिएँ। आज भोगेँ।

त्यो बेला एक डलरमा एक लिटर पानी पनि सस्तै लाग्यो।

अरबको दुःख वर्णित दिनेस काफ्ले अुनदित बेन्यामिनको ‘खबुज’ पढेको थिएँ। मरुभूमिको जनजीवन बारे वैदेशिक रोजगारीमा गएकाले बताइरहन्थे। अरु कुरा थाहा नभए पनि पानी पाउन चाहिँ मुस्किल।

डेढ वर्षअघि जति त्रिवी क्रिकेट मैदानमा कतारी ब्रान्डको पानी पिएको थिएँ। सायद उतैबाट ल्याइएको थियो। त्यतिबेला लागेको थियो नेपालमा पनि कतारबाट पानी ल्याउनुपर्छ र ? अहिले यस्तै कुरा मनमा खेलिरहेका थिए।

अनि किर्गिस्तानर्फ

हलुमी खाएर फर्किर्यौं। टोलीका सबैजना ‘द रोस्ट रेस्टुरेन्ट’मा खाँदै रहेछन्। मैले त्यहाँँ क्यामेराले फोटो किन खिचेन भनेर हेरेँ। त्यसको मेमोरी लक भएको रहेछ। त्यसलाई अनलक गरेँ। फोटो खिच्न खोजेँ तर फोटो खिचेन।

त्यसपछि एयरपोर्टको वाइफाइ जोडेर उमेशलाई सोधें। उमेशले पनि त्यही आइडिया दिए। मैले त्यो काम तीन–चार पकट गरें। अहँ भएन।

‘के भएको रहेछ ? बन्यो ?,’ महेश दाइले सोध्नुभयो।

‘खै मेमोरी नै सपोर्ट गरेन,’ जवाफ दिएँ।

‘अहिले छोड्दिम। भरे हेरौंला,’ गौरव दाइले भन्नुभयो।

मलाई दिक्क लागिरहेको थियो। थन्क्याइदिएँ। एकछिन यताउति डुलेपछि त्यहाँको समयअनुसार साढे ९ मा हामी सबै बोर्डिङतर्फ लाग्यौं। त्यहाँँ पुगेर गौरव दाइले क्यामेराको समस्या समाधान गदिनुभयो।

अचम्म मैले गर्दा नभएको काम गौरव दाईले त्यसरी नै गर्दा चाहिँ कसरी भयो ? ए उल्का भन्ने लाग्यो।

अनि मलाई स्थिर वस्तु र गतिशील वस्तुको फोटो खिच्दा प्रयोग गरिने आइएसो बारे जानकारी थिएन। त्यससँगै जोडिने फोटोमा प्रकाश कम वा धेरै पर्नेबारे पनि दाइले भनेपछि मात्र चाल पाएँ।

उहाँले कस्तो लाइटमा कसरी खिच्ने, अटो नभएको बेलामा फोकस कसरी मिलाउने पनि सिकाइदिनुभयो।

त्यो २० मिनेटको बोर्डिङ पर्खाइ मेरो लागि त फाइदाजनक नै भयो। फेरि २० मिनेटजति बसमा चढेपछि फ्लाइ दुबईको विमान देखियो।

मेरो सिट फेरि पनि झ्यालमै परेकाले दंग थिएँ।

मैले सिटमा बस्नुअघि केही समय लिएँ। त्यहाँ एक जना बुढी आमै र एक जना अधबैंसै महिला रहेछन्।

‘क्यान वि एक्सचेन्ज सिट। एन्ड आइ क्यान सिट निर विन्डो,’ दुई औंला अगाडिपछाडि चलाउँदै अधवैँसे महिलाले भनिन्।

‘सरी, आइ वान्ट टु सिट दियर,’ मैले मानिनँ।

मलाई झ्यालबाट बाहिर हेर्नु थियो। पहिलो यात्रा थियो।

‘द्याट्स फाइन्। यु वान्ट टु सि आउट या ?’ उनले भनिन्।

‘या। दिस इज माइ फस्ट ट्रिप,’ मैले सम्झाएँ।

हाम्रो गफगाफ सकियो। सिटअघिको स्क्रिनमा धेरै फिल्म त थिए तर पैसा तिरेर मात्र हेर्न मिल्ने। मलाई बाहिर हेर्नै मजा थियो। काठमाडौंमा उडेभन्दा केही सहजताका साथ विमान उड्यो। दुबई सहर छोडिँदै गर्दा त्यहाँको विशाल सहर नियालेँ। त्यसपछि हेर्ने कुरा केही रहेन।

ठूलो अक्षरमा ‘मानस एयरपोर्ट’ लेखिएको थियो। मैले यो विमानस्थानको नाम ख्यालै गरेको रहेनछु। अघि प्लेनमा देखाइएको लोकेसनमा यो ठाउँलाई ‘एफआरयू’ ले संकेत गरिएको थियो।

सबै अँध्यारो। ठाउँ ठाउँमा बत्ति बलेका। मलाई बाहिर हेर्न दिक्क लाग्यो। छेउका सिटका दुईजानै निदाइसकेका देखिन्थे। ब्युझिएको भए ती महिलालाई के के प्रश्न गरिसकेको हुन्थे हुँला। वरपर हेरेँ सबै अँध्यारो। सबै सुतेका।

मलाई यात्रामा खासै निद्रा पर्दैन। जति आरामदायी भए पनि निद्रै लाग्दैन। म आँखा छोपेर पल्टिरहेँ।

केही बेरमा हल्लाखल्ला सुरु भयो। आँखा उघारेँ। एयरहोस्टेज खाजा बाँड्दै थिए।

मनिर आएर उनले आफूसँग भएको खाजाको तीन आइटम बताइन्। जवाफमा मैले ‘भेज’ भनें। उनले बट्टा दिइन्। खेलेर हेर्दा थाहा भयो चीज र पास्ता मिलाएको खानेकुरा रहेछ। खाना चाहिँ थाहा भएन, भेज मात्र लेखिएको थियो।

‘वाउ, डेलिसियस,’ सँगै रहेकी महिलाले भनिन्।

‘आइ डन्ट सि दिस डेलिसियस,’ भन्न तयार भइसकेको थिएँ तर भनिनँ।

‘लेट्स सी,’ यति भनें।

चीजले त म दुबईमै अघाइसकेको थिएँ। त्यसमाथि यो पास्ता र चीज यति नमिठो थियो कि मैले खानै सकिनँ। खेलाइरहेँ।

मरो पछिल्तिरको सिटमा सरोज थिए। उनले चिकेन मगाएका थिए। मिठो लागेनछ। अनुहार बिगारे। उनको अनुहार देखेर म हाँसे।

‘के के खुवाउँछन् हौ,’ उनले हाँस्दै भने। ‘खै ?’ को भावमा मुन्टो हल्लाएँ।

‘त्यहाँ के थियो ?’ उनले सोधे।

‘चीज र पास्ता।’

‘त्यो मिठो थियो होला बरु।’

‘मैले खान नसकेर फाल्दिएँ।’

‘ए ...’ उनले भने।

मैले सबैतिर हेरेँ। उभिएर। अगिबाट एयर होस्टेज खाएको बट्टा संकलन गरिरहेका रहेछन्। म फेरि थचक्क बसेँ। अनि बसिरहेँ।

कान टम्म बन्द भए। खुले। फेरि बन्द भए। यो क्रम चलिरह्यो। मैले चाल पाएँ। अब ल्यान्ड हुने बेला भयो। बिहान हुनै लागेको थियो। झ्यालबाट बाहिर हेरेँ। गाउँजस्तो देखियो, धमिलो।

धेरै पातला रुख देखिए। विमान जमिन नजिकै पुगिसकेको रहेछ। तर सहर आएको थिएन। प्लेन ल्यान्ड भयो। भारतलाई विर्सने हो भने म पहिलो पटक विदेश आएँ। निद्राले व्याकुल हामी त्यहाँबाट बाहिरियौं।

पासपोर्टमा प्रवेशाज्ञा दिइँदै गर्दा त्यहाँका कर्मचारीले फुटसललाई मिनी फुटबल भन्दै थिए। अफगानिस्तानको टिमसँग पनि हाम्रो भेट भएको थियो। अफगानिस्तान र नेपाल एकै समूहमा थिए।

अघि नै दुबईमा प्लेन चढ्नुअघि बसमा म सँगैका सिटमा अफगानी खेलाडी थिए। उनले र मैले ‘हेल्लो’ को आदानप्रदान गरेका थियौं। तिनै खेलाडीहरु एकै लाइनमा थिए। कर्मचारीले ‘मिनी फुटबल’ भनेको सुनेर उनीहरु हाँसे।

बाहिर निस्किनेमा म पहिलो थिएँ। मेरो लगेज सबैभन्दा पहिला आइपुगेको थियो। त्यसैले अरुलाई पर्खिनु पर्यो। १० मिनेटमा हामी सबै तयार भयौं। बाहिर कोही लिन आएको छ कि ? मिलन दाइ हेर्दै हुनुहुन्थ्यो।

हामी सबै अघि बढिरहेका थियौं। एक जना मनिसले मिलन दाइलाई बोलाए। तर उनी विनोद गुरुङको खोजीमा रहेछन्। उनले त्यसोे भन्दै थिए। हामीलाई नै लिन आएका रहेछन्।

आएको एक घण्टा भयो भन्दै थिए। बाहिर निस्किएर एक पटक विमानस्थल हेरेँ। ठूलो अक्षरमा ‘मानस एयरपोर्ट’ लेखिएको थियो। मैले यो विमानस्थानको नाम ख्यालै गरेको रहेनछु। अघि प्लेनमा देखाइएको लोकेसनमा यो ठाउँलाई ‘एफआरयू’ ले संकेत गरिएको थियो।

अब हाम्रो यात्रा बसमा सुरु भयो।

प्रकाशित: Apr 28, 2022| 15:11 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...