बिहीबार, कात्तिक १२, २०८३

'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर रिलिज

पाली चलचित्र 'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- नेपाली चलचित्र 'कबड्डी ४ : द फाइनल म्याच'को ट्रेलर सार्वजनिक गरिएको छ। जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन्।

बुधबार सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर केन्द्रीय पात्रमा रहेका छन्। त्रिकोणात्मक प्रेमकथा पस्किँदै आएको ‘कबड्डी ’ले यसपटक पनि सोही कथालाई निरन्तरता दिएको छ। मिरुनालाई पाउन दयाहाङ र सौगात मल्लले गर्ने संघर्ष नै चलचित्रको कथा रहेको सार्वजनिक ट्रेलरले संकेत गर्छ। 

दयाहाङ र मिरुनाको प्रेममा सौगातको प्रवेश भएपछि हुने द्वन्द्वलाई चलचित्रमा प्रस्तुत गरिएको छ। यस चलचित्रमा दयाहाङ अर्थात काजीको बिहे होला भन्‍ने कौतुहलता ट्रेलरले छाडेको छ। 

बाँसुरी फिल्मको प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ, सौगात, मिरुनाका साथमा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, स्वर्गीय जयनन्द लामा, पुश्कर गुरुङ, कविता आले, शारदा अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, लालशोभा गुरुङ, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त कथा रहेको चलचित्रमा मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ। 

प्रकाशित: Apr 27, 2022| 21:07 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।