बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेवानिको परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेवानिको परीक्षण उडान

हालै निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– हालै निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ। निगमको ३३० एयरबस जहाजले परीक्षण उडान गर्न लागेको हो।

National life

यसअघि वैशाख १ गते परीक्षण उडान गर्ने भनिएकोमा तयारी नपुगेका कारण भएको थिए। बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि सहभागी हुने बताइएको छ। 

परीक्षण उडानका लागि प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूले तालिम लिइसकेका छन् भने नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङका सामान पनि विमानस्थलमा पठाइसकेको छ।

निगमको जहाजबाट परीक्षण उडान भएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ। यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो।


प्रकाशित: Apr 27, 2022| 16:46 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्