बिहीबार, कात्तिक १२, २०८३

स्थानीय निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार एमालेका

यही वैशाख ३० गते एकै चरणमा देशभर हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– यही वैशाख ३० गते एकै चरणमा देशभर हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। ११ र १२ वैशाखमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, सदस्य गरी सबै पदमा नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको छ।

एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ। त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ। त्यस्तै उप्रमुखमा २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन्।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसबाट २५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन्। कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको आयोगको तथ्यांक छ।

नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन्। त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन्। त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ। 

वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन्। माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परेको छ।

अहिलेसम्म ७५३ स्थानीय तहका सबै पदमा गरी १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको विवरण प्राप्त भएको आयोगले जनाएको छ।

प्रकाशित: Apr 27, 2022| 16:37 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...