बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गहुँको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

गहुँको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

National life

'आर्थिक वर्ष २०७८/०७९ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ,' मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने। 

यस्तै सरकारले आगामी जेठ १ गतेदेखि शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। जेठ १ गतेदेखि सरकारले शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको उनले जानकारी दिए। परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान साढे ९ बजेदेखि साँझ साढे ५ सम्म कार्यालय समय कायम गर्ने पनि निर्णय गरेको छ। 

मन्त्रिपरिषद्का थप निर्णय

  • सरकारले भारतको नयाँ दिल्लीमा हुने राइसेना डाइलक २०२२ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने
  • खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोगको आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने
  • कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि गरेको छ। 
  • बंगालादेशमा ब्यारिण्ड मल्टीप्रपोज डेभलपमेण्टबाट सिंचाइ व्यवस्थापनका लागि मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरिक्षक राजु अर्याललाई बढुवा गर्ने
  • सिन्धुपाल्चोक जिल्ला साविक तातोपानी गा.वि.स. अन्तर्गत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने
  • बारा जिल्ला साविक प्रसौनी गा.वि.स. वडा न. ५ स्थित नेपाल सरकारको नाममा दर्ता कायम रहेको ५ हजार १२ बिघा जग्गा प्रसैनी पोलिटेक्निक इन्स्टीच्युट बारालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने 
  • उत्तर दक्षिण मूलघाट दोभान-ओलङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने
  • मध्यमोदी जलविद्युत आयोजनाको प्रशारण लाइनको लागि मोदी गाउँपालिका वडा नम्बर २ देउपुरदेखि मोदी गाउँपालिका वडा न. ३ कोरुङ्गासम्मको १.९७२९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने
  • दक्षिण कोरियाको सिओलमा हुने १५ औँ वर्ल्ड फरेस्टी कंग्रेससम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेललाई स्वीकृति दिने
  • द एजुकेशन वर्ल्ड फोरमको आयोजनामा बेलायतको लण्डनमा आयोजना हुने वर्ल्ड एजुकेशन फोरम २०२२ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवन्द्र पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने
  • नर्वेको ओस्लोमा आयोजना हुने मानसिक स्वास्थ्य सम्बन्धी एनुएल प्रोजेक्ट मिटिङमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई स्वीकृति दिने
  • साविक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधा जिल्ला समन्वय समितिमा रहेको साविकको कल्याणकारी कोषबाट भुक्तानि गर्ने
  • राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना दरबन्धी तेरिज स्वीकृत गर्ने 
  • भारतको नयाँ दिल्लीमा हुने राइसेना डाइलक २०२२ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने
  • कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने।
  • फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश (गठन) २०७८ स्वीकृत गर्ने ।

प्रकाशित: Apr 27, 2022| 16:37 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्