काठमाडौं- नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष श्रीधर कुमार पोखरेलले पार्टी परित्याग गरेका छन्। हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
उनले अध्यक्ष पदबाटसमेत राजीनामा दिएको र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको समेत उल्लेख गरे।
पोखरेलले हेटौंडा उपमहानगरपालिकाका मेयरको टिकटमा दाबी गरेका थिए। सबै महानगर र उपमहानगरमा गठबन्धन गर्दा हेटौँडा नेकपा एसकै भागमा परे पनि निवर्तमान उपमेयर मिनाकुमारी लामाले टिकट पाएकी छिन्। यसपछि पोखरेल पार्टीसँग रुष्ट बनेका हुन्।
पोखरेलसहित जिल्ला सदस्यहरु देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डि.सी. र गोपालबहादुर स्याङतानले पनि पार्टी परित्याग गरेका छन्।