बुधबार, चैत ४, २०८२

भारतमा बालबालिकाका लागि दुई कोभिड खोपलाई स्वीकृति

भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ। भारतले १२ वर्ष मुनिका बच्चाहरूका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको हो। 

National life

कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए। 

यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कलाई लगाइएको थियो। त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ। 

५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको दुई–डोजलाई सरकारले स्वीकृत दिएको छ।

प्रकाशित: Apr 27, 2022| 09:44 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्