सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी हुन् राष्ट्र बैंकले आयातमा रोक लगाएका ३७ वस्तु [सूचीसहित]

यी हुन् राष्ट्र बैंकले आयातमा रोक लगाएका ३७ वस्तु [सूचीसहित]

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- सरकारले १० प्रकारका सामान नेपाल आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरणअनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो।

यी १० प्रकारमा पनि फरक फरक एचएस कोड भएका ३७ वस्तु पर्छन्। कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, तयारी चुरोट सुर्ती, हिरा, मोबाइललगायत बस्तु आयातमा रोक लगाइएको छ।

यस्तै ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना, खेल्ने तासलगायत वस्तुको आयातमा समेत रोक लगाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ।

वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा भने याे बन्देज लागू हुनेछैन।

प्रकाशित: Apr 27, 2022| 08:34 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्