शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतको कम्युनिस्ट आन्दोलनमा मस्को कनेक्सन

ट्रायनोस्कीले चट्टोपध्यायलाई चाँडोभन्दा चाँडो रुस आउने सल्लाह दिएका थिए। तर विभिन्न कारणवश उनी सन् १९२० को नोभेम्बरमा मात्र रुस छिर्नसके। त्यसबेला उनलाई सोभियतका अधिकारीहरुले भारतीय स्वतन्त्रता क्रान्तिकारीहरु सहितको एउटा उचित प्रतिनिधीमण्डल लिएर आउन सुझाए।
 |  बिहीबार, वैशाख १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

मार्च या अप्रिल थियो, सन् १९२१ को। केहि वर्षदेखि जर्मनीको बर्लिनमा बसेका एक दर्जन प्रवासी भारतीय क्रान्तिकारीहरुको प्रतिनिधीमण्डललाई सोभियत संघको निमन्त्रणा आयो। निम्तो मान्दै प्रतिनिधीमण्डल राजधानी मस्को पुग्यो। उनीहरु त्यहाँ कम्युनिस्ट पार्टी अफ सोभियत युनियन र थर्ड कम्युनिस्ट ईन्टरनेशनलसँग भारतीय क्रान्तिबारे छलफल गर्न त्यहाँ पुगेका थिए।

himalayan bank box

तर त्यहाँ पुग्नासाथ उनीहरुलाई बडो आश्चर्यचकित समाचारले स्वागत गर्यो। खबर यो थियो कि भारतका लागि उनीहरुको जानकारी बिना १९२० को अक्टोबरमै कम्युनिस्ट पार्टीको स्थापना भइसकेको रहेछ।

यी मध्ये अधिकांश क्रान्तिकारीहरु सन् १९१४ को प्रथम विश्वयुद्धदेखि नै वेलायत विरुद्ध जर्मनहरुका षड्यन्त्रकारी खेलमा संलग्न थिए। सन् १९१६ को ईन्डो जर्मन षड्यन्त्र र १९१७ को बोलसेभिक क्रान्तिको असफलतापछि भारतीय स्वतन्त्राको संघर्षमा साथ दिनसक्ने शक्ति रुस मात्र थियो। त्यो आशाको दियोमा तेल थप्ने काम कमिन्टर्न (थर्ड कम्युनिस्ट ईन्टरनेशनल)को १९१९ को घोषणाले गर्यो। कमिन्टर्नले पहिलो विश्व सम्मेलनमा उपनिवेश तथा अर्धउपनिवेशबाट उत्पीडित जनताको राष्ट्रिय उन्मुक्तिको आन्दोलनमा साथ दिनु अनिवार्य रहेको कुरा घोषणा गरेको थियो।

 

विरेन्द्रनाथ चट्टोपध्याय। तस्बिरः विकिमीडिया कमन्स

मस्को गएको उक्त प्रतिनिधीमण्डलको नेतृत्व बर्लिनस्थित भारतीय स्वतन्त्रता कमिटी (आईआईसी)का मेभरिक विरेन्द्रनाथ चट्टोपध्यायले गरेका थिए। उनी वर्षौँ अघिदेखि समाजवादी आदर्शतर्फ आकर्षित थिए। उनी जर्मनीको स्टटगार्टमा सन् १९०७ मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी कांग्रेसमा समेत सहभागी भएका थिए। उनले सन् १९११ देखि १३ मा फ्रेन्च सेक्सन अफ वर्कर्स ईन्टरनेशनलमा काम गरेका थिए भने सन् १९१७ मा स्वीडेनमा सम्पन्न समाजवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उपस्थित थिए। सन् १९१७ को नोभेम्बर क्रान्तिभन्दा ठीक अगाडि त्यहाँ उनको भेट प्रख्यात बोल्सेभिक नेता कोन्स्टाटिन मिखाइलोभिक ट्रोयानोस्कीसँग भएको थियो। 

Metro Mart
vianet

ट्रायनोस्कीले चट्टोपध्यायलाई चाँडोभन्दा चाँडो रुस आउने सल्लाह दिएका थिए। तर विभिन्न कारणवश उनी सन् १९२० को नोभेम्बरमा मात्र रुस छिर्नसके। त्यसबेला उनलाई सोभियतका अधिकारीहरुले भारतीय स्वतन्त्रता क्रान्तिकारीहरु सहितको एउटा उचित प्रतिनिधीमण्डल लिएर आउन सुझाए। 

अर्को भिजिटमा चट्टोपध्यायसँग प्रख्यात प्रवासी राष्ट्रवादीहरु उपस्थित थिए। उनीसँग सोभियत पुगेका केहि नामहरु हुन्  भुपेन्द्रनाथ दत्त, अब्दुल हाफिज मोहम्मद बाराकातुल्ला, एमपिटी आचार्य आदि। तर, उनीहरु त्यहाँ पुगुन्जेलमा त उनीहरुको जानकारी बिनै अर्कै कम्युनिस्ट पार्टीको जन्म भइसकेको रहेछ।

दत्तको १९५३ मा प्रकासित पुस्तक भारतेर द्वित्तीय स्वाधिनता र संग्राम (अप्रकासित) राजनीतिक ईतिहासका अनुसार उनीहरुलाई भारतीय कम्युनिस्ट पार्टीको स्थापनाबारे जानकारी मस्कोमा एउटा अङ्ग्रेजी अखबार मार्फत भएको थियो। उक्त दैनिक पत्रिका अनुसार एमएन रोयले कम्युनिस्ट पार्टी अफ ईन्डिया (सीपीआई)को स्थापना मात्र गरेका थिएनन्, औपचारिक रुपमा कमिन्टर्नसँग सम्बद्ध पनि गराइसकेका थिए। एमएन रोयसँग प्रतिनिधीमण्डल प्रस्टै रुपमा परिचित पनि थियो।

यसको अर्थ थियो अब सीपीआई नै भारतमा कम्युनिष्टहरुको आधिकारीक च्यानल हुनेछ अनि सम्पूर्ण कम्युनिस्ट गतिविधी सीपीआई निर्देशित हुनेछन्। अझ आश्चर्यजनक कुरा त रोय अमेरिकी महिला एभेलिन ट्रेन्टसँग विवाहित थिए ९ जो सन् १९२१ मा मस्कोदेखि बर्लिन पुगेकी थिइन्, यहि प्रतिनिधीमण्डललाई रुस छिर्ने अनुमति पत्र हस्तान्तरण गर्न। तर पनि यो समाचारबारे उनले मुख खोलेकी थिइनन्।

उनीहरु जायज रुपमै निराश थिए। भारतीय स्वतन्त्रताको क्रान्तिमा रोयभन्दा धेरै अगुवाहरु पनि थिए प्रतिनिधीमण्डलमा। उपस्थित मध्ये मौलवी बर्कतुल्लाले त सन् १९१९ को मेमा भ्लादिमिर लेनिनसँग यहि विषयबारे  बैठक समेत बसिसकेका थिए।

रोयले संस्मरणमा भने मस्कोमा प्रतिनिधीमण्डलसँगको पहिलो भेटमा उनीहरुले आफू प्रति शत्रुतापूर्ण भाव प्रकट गरेको कुरा उल्लेख गरेका छन्।

दत्तको पुस्तक अनुसार उनीहरुले कमिन्टर्नसमक्ष लिखित विज्ञप्ति पेश गरेका थिए। जसमा अरु कुराहरु साथै लेखिएको थियो हामी कम्युनिष्ट विचारधारा मान्ने सबैलाई समेटेर एउटा भारतीय पार्टीको निर्माण गर्ने प्रयासमा छौं तर मस्कोमा बसेका केहि व्यक्तिले हामीलाई जानकारी नै नदिई आफै कम्युनिस्ट पार्टी बनाउँछन् भने त्यस कुरालाई हामी स्वीकार गर्दैनौँ, अनि कुनै पनि प्रकारको सहयोग गर्दैनौँ।

तर त्यसबेलासम्म रोयले सोभियत अधिकारीहरुको विश्वास जितिसकेका थिए। साथै अन्तर्राष्ट्रिय कम्युनिष्टको मध्य एसियाली व्युरोको सदस्य समेत भइसकेका थिए।

उनको यात्रा पनि अरु प्रवासी क्रान्तिकारीहरुको भन्दा कम संघर्षसील भइसकेको थिएन। 

सन् १९१५ मा ईन्डो जर्मन षड्यन्त्र अन्तर्गत जर्मन हतियारको खोजीमा निस्केका उनी १९१६ मा अमेरिका पुगेका थिए। त्यहाँ उनले न्युयोर्क सार्वजनिक पुस्तकालयमा कार्ल मार्क्सका पुस्तक पढेपछि कम्युनिष्ट भए। सन् १९१७ मा मेक्सिको पुगेपछि सोसलिस्ट वर्कर्स पार्टीसँग जोडिए। वर्षको अन्त्यसम्ममा उनी साधारण सचिव भइसकेका थिए।

 

भुपेन्द्रनाथ दत्त। तस्बिरः विकिमिडिया कमन्स


रोय आवद्ध सोसलिस्ट वर्कर्स पार्टी सन् १९१९ मा कम्युनिस्ट पार्टी अफ मेक्सिकोमा परिणत भयो। रोय सचिव छँदै थिए। त्यहि बेला बोल्सेभिकका अगुवा नेता मिखाइल बोरोदिनसँग उनको भेट भएको थियो। जसले रोयलाई मेक्सिकोका प्रतिनिधीका रुपमा दोस्रो विश्व सम्मेलनमा सहभागी हुने मौका मिलाइदिएका थिए।

सम्मेलनमा रोयले लेनिनलाई निकै प्रभावित पार्न सफल भएका थिए। यतिसम्म कि रोयको उपनिवेश राष्ट्रहरुप्रति कम्युनिष्ट नीति बारेको थेसिसलाई लेनिनको सोहि विषयबारेको थेसिससँग जोडियो। त्यसपछि रोयलाई पूर्वको (एसिया) जिम्मेवारी सुम्पिइयो। उनले मेक्सिकोलाई चटक्कै बिर्सेर तत्कालिन समयमा सोभियतकै भाग रहेको उज्बेकिस्तानको एक सहर ताश्केन्तमा सीपीआईको गठन गरे।

सन् १९२१ को अप्रिलमा बर्लिनबाट मस्को पुगेका भारतीय क्रान्तिकारीको प्रतिनिधीमण्डलले रोयसँग गठबन्धन नगर्ने अडान पेश गरेपछि कमिन्टर्नले यस मुद्दालाई सुल्झाउन एउटा समिति गठन गर्यो। जसको नेतृत्व वरिष्ठ डच नेता एसजे रुटजर्सले गरे। समितिमा बोरोदिन, जर्मन नेता अगस्ट थालहाइमर, बेलायती टम क्वेल्च आदिको सदस्यता थियो। 

रुट्जर्स र बोरोदिनले अरु क्रान्तिकारीरुलाई त्यसै सालको सुरुवातमा बर्लिनमा भेटिसकेका थिए।

समितिले छानविन सुरु गरेसँगै नयाँ कुरा बाहिरिए अनि अर्को समस्या सिर्जना भयो। कुरा रोय र अबानी मुखर्जीबीचको सम्बन्धबारे थियो। मुखर्जी र उनकी रुसी श्रीमती रोसा फिटिङअफ भारतीय कम्युनिस्ट पार्टीका सदस्य थिए। बर्लिनबाट आएको प्रतिनिधीमण्डलका नजरमा मुखर्जी धोकेबाज थिए। उनीहरुको आरोप थियो आफू जोगिन बेलायती प्रहरीले सिंगापुरमा पकड्दा उनले केहि भारतीय क्रान्तिकारीहरुको सुराकी गरेका थिए। ती क्रान्तिकारीहरुलाई पछि हिरासतमा लिइयो अनि फाँसी दिइयो।

मुखर्जीलाई छलफलबाट निकालेपछि समस्या केहि हदसम्म सुल्झियो। त्यसपछि चट्टोपध्यायबाट अर्को विरोध थियो। रुटजर्सले प्रतिनिधीमण्डलका सदस्यलाई समूहको साटो व्यक्तिका रुपमा व्यवहार गरेका हुनाले उनले आपत्ति जनाए। यो कुरा तीन महिनापछि तेस्रो विश्व सम्मेलनको अन्ततिर मात्र सुल्झियो।

समिति फेरियो। यसपाली रुटजर्सको साटो हंगेरीका कम्युनिस्टले समितिको नेतृत्व गरे। क्वेल्चको साटो बेलायती टम बेल अनि ट्रायनोस्की आए। सबै सदस्य विश्वव्यापी कम्युनिस्ट समूहका वरिष्ठ सदस्य थिए।

दुई दिने छलफलपछि यस समस्या सुल्झाउन तीन उपाय रहेको निस्कर्ष निकालियो।  पहिलो, चट्टोपध्याय र अन्य तीन जनाद्वारा प्रस्तावित नवगठित सीपीआईलाई क्रान्तिकारीहरुको बोर्डका साथ प्रतिस्थापन गरिनुपर्ने जसलाई सोभियतले बेलायती शासनबाट भारतलाई उन्मुक्ती दिलाउन सहयोग गर्ने, बोर्डमा कम्युनिस्ट साथै राष्ट्रवादीहरुको पनि संलग्नता रहने। यस प्रस्तावलाई कमिन्टर्नले राष्ट्रवादी भन्दै अस्वीकार गर्यो। अर्को भारतमा कम्युनिस्ट पार्टी गठन गरिए राष्ट्रवादीहरुको सहयोगको खाँचो पर्ने, नभए पार्टीमा कार्यकर्ताको कमी हुने।

रोयको स्वीकृत प्रस्तावना

रोयले पेश गरेको प्रस्तावनालाई लेनिनको उपनिवेशबारेका विचारधारासँग जोड्दै स्वीकार गरियो। जसले राष्ट्रपवादी पुँजीपति वर्गसँगको सहकार्यको विरोध गर्थ्यो। उनका अनुसार अलिकति विकसित उपनिवेशहरुका पुँजिपतिले विदेशी पुँजीवादसँग हात मिलाएर स्वतन्त्रताको लडाइँमा धोका दिनसक्थे। त्यसै कारण रोयले मजदुर, किसान तथा सर्वहारासँगै तालमेल मिलाउनुपर्ने तर्क राखे।

समितीले रोयकै कुरा ठीक ठान्यो अनि सीपीआई विघटन गर्ने कुरा अस्वीकार गर्यो।

 ००

तेस्रो विश्व सम्मेलनका बेला रोयले थप प्रसिद्धी कमाए। अन्तर्राष्ट्रिय कम्युनिस्टको कार्यकारी समितीमा निर्वाचित भएपछि रोय थप चर्चाका विषय बने। आउँदो विश्वव्यापी क्रान्तिको प्रमुख जिम्मेवारी बहनकर्ता यहि समिती थियो।

चट्टोपध्याय दत्त समूहका धेरै क्रान्तिकारी सदस्यहरु जुलाई अगस्ट ताका निराश बर्लिन फर्किए।

भारतमा सम्पूर्ण कम्युनिस्ट गतिविधीका अधिकारी रोयले कुनै समय खेर फाल्न चाहेनन्। उनको मुख्य उद्देश्य एक वैचारिक लडाइँ सुरु गर्नु थियो। ताकि भारतीय राष्ट्रिय काङ्ग्रेसले कहिल्यै साथ नपाओस् किसान तथा मजदुर वर्गको। दुतहरुको सहयोगमा उनले सन् १९२१को अन्तसम्ममा भारतमा आफ्नै नेटवर्कको स्थापना गरिसकेका थिए। जसमा नलिनी गुप्ताले महत्वपूर्ण भूमिका निभाएकी थिइन्।

अन्य माध्यमबाट रोयको ३६औँ भारतीय राष्ट्रीय काङ्ग्रेस, अहमदाबाद, १९२१ को घोषणापत्र डिसेम्बरको काङ्ग्रेस अधिवेशनका केहि प्रतिनिधीहरुसम्म पुग्यो।

यिनै विविध घटनाका शृंखलाले भारतको स्वतन्त्रताको संघर्षमा नयाँ प्रश्न खडा गर्यो। विदेशी पुँजीपतिहरुको साटो भारतीय पुँजीपतिले यहाँका मेहनती किसानमाथि शोषण गरे अन्ततः स्वतन्त्रता प्राप्तिको कसलाई के फाइदारु

-द वायरमा स्निगधेन्दु भट्टाचार्यले प्रकाशित गरेको सामग्रीको अनुवाद विनायक कार्कीले गरेका हुन्।


प्रकाशित: Apr 28, 2022| 07:45 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।