आइतबार, वैशाख १३, २०८३

सुनचाँदीको भाउ बढ्यो

 |  आइतबार, वैशाख १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १३, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु ५० ले बढेको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 26, 2026| 12:10 आइतबार, वैशाख १३, २०८३
प्रतिक्रिया दिनुहोस्