बुधबार, जेठ ९, २०८१

पोखरामा टक्कर : थापालाई विगतको भर, आचार्यलाई गठबन्धनभित्रै डर

सरसर्ती हेर्दा अहिले पोखरामा सत्ता गठबन्धन भर्सेस एमालेको भीडन्त सतहमा देखिन्छ। तर पोखराको राजनीतिमा तीन दशकदेखि बाम शक्ति हाबी हुँदै आएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– सत्ता गठबन्धनभित्र स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्न सबैभन्दा पेचिलो बन्यो, चितवनको भरतपुर र कास्कीको पोखरा महानगर। उम्मेदवारी दिने अघिल्लो दिनमात्र यी दुई पालिकामा माओवादी र एकीकृत समाजवादीको दाबीअनुसार गठबन्धनभित्र भागबण्डा मिल्यो।

triton college

काठमाडौंमा भएको सत्ता गठबन्धनको निर्णयअनुसार पोखराबाट एकीकृत समाजवादीका धनराज आचार्यले मेयरको टिकट पाए। उपमेयर कांग्रेसकी कोपिला रानाभाटको भागमा पर्यो। गठबन्धनसँग प्रतिस्पर्धीको रुपमा एमालेले कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङलाई उठायो। सुरुमा दीपक पौडेलको नाम आए पनि अन्तिममा २०५४ सालमा नगर प्रमुख भइसकेका कृष्ण थापाले नै टिकट पाए। 

सरसर्ती हेर्दा अहिले पोखरामा सत्ता गठबन्धन भर्सेस एमालेको भीडन्त सतहमा देखिन्छ। तर पोखराको राजनीतिमा तीन दशकदेखि बाम शक्ति हाबी हुँदै आएको छ। गठबन्धनको शीर्ष दलको हैसियतले कांग्रेसले अन्तिम अवस्थामा पोखरा छाड्न राजी हुँदा पूर्वएमाले तथा अहिले एकीकृत समाजवादीका धनराज आचार्यको भागमा मेयरको टिकट पर्यो।  

अहिले मेयर उठेका एमालेका थापा र एकीकृत समाजवादीका आचार्यको विगतबारे चर्चा गरौं। 

थापा पोखराका यस्ता नेतामा पर्छन्, जो २०४७ यता निरन्तर शक्तिमा छन्। २०५४ सालमा पोखरा उपमहानगरको मेयर, २०६५ मा एमाले कास्कीको सचिव, २०७० मा एमाले कास्कीको अध्यक्ष हुँदै २०७४ मा उनी कास्की क्षेत्र २ (क) बाट प्रदेश सभा सदस्य भए। 

corrent noodles
Metro Mart

धनराज आचार्य अनेरास्ववियुबाट २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, २०६० मा एमाले कास्कीको उद्योग विभाग प्रमुख, नेकपा विभाजनपछि समान्तर कमिटीको अध्यक्ष हुँदै कास्कीको राजनीतिमा सक्रिय रहे।

थापा र आचार्य पोखराको राजनीतिमा प्रभावशाली रहँदै आएका छन्। एमाले पोखराबाट उदाएका नेताहरु पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी, रवीन्द्र अधिकारीको शक्ति संघर्ष भइरहँदा उनीहरू कहिले एकै त कहिले भिन्न गुटमा रहे पनि शक्तिमै भइरहे। उनीहरूको आधारभूमि नेपाल कम्युनिष्ट पार्टी नै रहँदै आयो।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेले पोखरामा क्लिनस्वीप गर्न सफल भयो। एमालेका मानबहादुर जिसीले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झन्डै १४ हजार मतान्तरले पराजित गरे। 

मेयर नपाएका कृष्ण थापा प्रदेश सभातिर लागे भने धनराज व्यापार–व्यवसायमा नै रहे। अहिले पाँच वर्षपछि पुनः दुवै नेता मेयरको भिडन्तमा फरक पार्टीबाट मैदानमा उत्रिएका छन्। उनीहरूसँगै एमालेबाट प्रदेश सभा सदस्य नै रहेका राजीव पहारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, मञ्जु गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा पोखराको मेयरको दौडमा अन्तिमसम्म संघर्षरत थिए। सुरुमा मेयरको दाबी गरेकी मञ्जु गुरुङले पछि उपमेयरमै चित्त बुझाइन्। यी सबै आकांक्षीको पृष्ठभूमि कम्युनिष्ट पार्टी नै हो। बीचमा पार्टी परिवर्तन गर्नेदेखि राजनीतिमा निष्क्रिय भए पनि एमाले, एकीकृत समाजवादी र माओवादीका पोखरेली शीर्ष नेताको राजनीतिक यात्रा एकै समयमा एउटै पार्टीबाट भएको देखिन्छ।

सरसर्ती हेर्दा अहिले पोखरामा सत्ता गठबन्धन भर्सेस एमालेको भीडन्त सतहमा देखिन्छ। तर पोखराको राजनीतिमा तीन दशकदेखि बाम शक्ति हाबी हुँदै आएको छ।

पोखरा नगरमा घुमिफिरी कम्युनिष्टकै सत्ता स्थापना भएको बताउँछन् अध्यापक लक्ष्मण थापा। पोखराको राजनीतिमा जानकारी राख्ने थापाका अनुसार २०५१ मा राष्ट्रिय राजनीतिमा एमाले हाबी भएसँगै पोखरामा पनि एमाले हाबी भयो। त्यसयता स्थानीय निर्वाचनसँगै उद्योग, खेलकुद, निर्माण–व्यवसायको नेतृत्व एमालेले गर्यो। ‘जो नेता जताबाट उठे पनि पूर्वएमाले खेमा पोखरामा आउने भए। निरन्तर शक्तिमा रहनुका कारण पोखराको राजनीतिमा बामपन्थी शक्ति हाबी भएको देखिन्छ,’ थापाले नेपाल समयसँग भने।

एमालेपछि पोखरामा नेपाली कांग्रेस बलियो देखिन्छ। २०४९ सालको निर्वाचनमा पोखराको मेयरमा कांग्रेसका भोला थापा विजयी भए। पञ्चायतकालमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसका गणेशबहादुर भट्टराई, तीर्थ श्रेष्ठ स्थानीय निकायको नेतृत्वमा पुगेका थिए। ‘खासगरी विद्यार्थी राजनीतिबाट उदाएका रविन्द्र अधिकारीको पुस्ता उदाएपछि कांग्रेसलाई पोखरामा सकस हुँदै गयो। कांग्रेसले कास्कीमा नै पुराना पुस्ताका नेताको भर परेको देखियो,’ थापा भन्छन्, ‘नयाँ र आकर्षक छविका नेताहरुको अभावमा कांग्रेसले आफ्नो मत बढाउन सकेको छैन। त्यसको परिणाम स्वरुप अघिल्लो स्थानीय निर्वाचनको मत संख्याका आधारमा पनि अहिले कांग्रेसले महानगरमा गठबन्धनको अर्को दल एकीकृत समाजवादीलाई सघाउनुपर्ने अवस्था आएको हो।’

माओवादी केन्द्र पोखरामा तेस्रो शक्तिको रुपमा देखिन्छ। २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन्। उपप्रमुखमा उनले ल्याएको मत तेस्रो स्थानको थियो। यसबाहेक जनता समाजवादी, साझा पार्टी, राप्रपा पोखरामा समान स्थितिमा देखिन्छन्। 

अघिल्लो निर्वाचनका आधारमा पोखरा महानगरको आकलन गर्ने हो भने एमालेका थापा र एकीकृत समाजवादीका आचार्यबीच कडा टक्कर हुने देखिन्छ। आचार्यले थापालाई यस्तो टक्कर पैदा गर्न गठबन्धनका मतदाताहरु पूर्ण रुपमा गठबन्धनको उम्मेदवारप्रति प्रतिवद्ध हुनुपर्ने छ। यदि गठबन्धनको मत विभाजित भएमा भने आचार्यलाई कठिन हुनेछ।

त्यसो त यो सामग्री तयार पारुन्जेलसम्म पनि पोखरा महानगरमा गठबन्धनभित्रको असन्तुष्टि जस्ताको त्यस्तै छ। कांग्रेसका असन्तुष्ट तीन नेताले पोखरा महानगरमा मेयरका लागि बागी उम्मेदवारी दिएका छन्। आइतबार र सोमबार गरेर प्रमुखमा २६ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता हुँदा कांग्रेसका पुराना नेताहरू नन्द तिवारी, ऋषि सापकोटा र विमल कार्कीले मेयरमा वागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको छ।

माओवादी केन्द्र पोखरामा तेस्रो शक्तिको रुपमा देखिन्छ। २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन्। उपप्रमुखमा उनले ल्याएको मत तेस्रो स्थानको थियो। यसबाहेक जनता समाजवादी, साझा पार्टी, राप्रपा पोखरामा समान स्थितिमा देखिन्छन्। 

‘कांग्रेसले आफ्नो मूल्य–मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई भोट दिन लगायो। पार्टीमा योगदानको कदर नभएकाले यसैको विरोधस्वरूप उम्मेदवारी दिएका हौं,’ कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष रहेका ऋषि सापकोटाले भने। अर्का वागी उम्मेदवार नन्द तिवारी नेपाली कांग्रेस कास्कीका पूर्वसचिव हुन् । विमल कार्की कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति हुन्। 

यद्यपि अन्तिम समयमा उनीहरुले उम्मेदवारी फिर्ता लिने दाबी गर्छन् पोखरा कांग्रेसका सचिव गणेशबहादुर थापा। थापाका अनुसार उम्मेदवारी फिर्ता नलिए पनि अन्तिम अवस्थामा गठबन्धनलाई नै सघाउनेछन्। ‘उहाँहरूले विद्रोहस्वरुप अहिले वागी उठ्नुभएको हो। गठबन्धनको आवश्यकता बोध गरेर उहाँहरु अन्तिम समयमा गठबन्धनलाई जिताउन लाग्नुहुन्छ,’ थापाले नेपाल समयसँग भने। 

गठबन्धनको निर्णयबाट चिढिएकाहरुले गनेश पौडेल, रोशनी बानियाँ, नवराज बास्तोलालगायत युवालाई सघाउन सक्ने सम्भावना पनि त्यत्तिकै छ। माओवादी केन्द्र, जसपाबाट असन्तुष्ट बनेकाहरू विपरीत खेमामा लाग्दा केही वडामा गठबन्धनलाई भारी पर्ने देखिन्छ। 

अघिल्लो चुनावको तथ्यांकअनुसार पनि गठबन्धनको कुल मत जोड्दा एमालेले पाएको मतभन्दा कम नै हुन आउँछ। २०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत प्राप्त गरेर मेयर जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्दा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का उम्मेदवार हुमबहादुर गुरुङले ३ हजार १७० मत ल्याए। राप्रपाबाट मेयरमा उम्मेदवारी दिएकी गीता गुरुङले २ हजार २७२ मत ल्याएकी थिइन्। यी सबै जोड्दा ५१ हजार ८५८ हुन्छ। यसमा माओवादी केन्द्रले उपमेयरमा पाएको ८ हजार भेट जोड्दा झण्डै ५९ हजार पुग्न आउँछ।

पोखरा महानगरमा झण्डै ४० हजार नयाँ मतदाता थपिएका छन्।  २०७४ को स्थानीय तहको चुनावमा १ लाख ६८ हजार ६७ जना मतदाता रहेको पोखरामा अब २ लाख ७ हजार ७ सय १२ जना मतदाता पुगेका छन्। थपिएका नयाँ मतदातामा सबैभन्दा बढी हिस्सा रहेको दलले पनि आगामी चुनावको गणित प्रभावित हुने छ। त्योभन्दा महत्वपूर्ण पक्ष गठबन्धनले पोखरामा एमालेलाई हराउन एमालेबाट एकीकृत समाजवादीमा आएका मतदाताको मत संख्या नै निर्णायक हुने जानकारहरुको भनाइ छ। 

प्रकाशित: Apr 26, 2022| 18:03 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...