बिहीबार, कात्तिक १२, २०८३

उम्मेदवारी मनोनयन गर्नेको संख्या १ लाख ४७ हजार नाघ्यो

यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या १ लाख ४७ हजार नाघेको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या १ लाख ४७ हजार नाघेको छ। निर्वाचन आयोगमा अहिलेसम्म १ लाख ४७ हजार २७४ जना उम्मेदवारको विवरण प्राप्त भएको आयोगले जनाएको छ। 

विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेको आयोगले बताएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको थियो। 

देशभरमा ७५३ वटा स्थानीय तहको प्रमुखका लागि ३ हजार ४३० जनाको उम्मेदवारी परेको छ। प्रमुखमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको हो।

१ नम्बर प्रदेशमा २२ हजार ५४२, मधेश प्रदेशमा ३८ हजार ७८७, बागमती प्रदेशमा २४ हजार ३३, गण्डकी प्रदेशमा १२ हजार ७८७, लुम्बिनी प्रदेशमा २३ हजार ४९, कर्णाली प्रदेशमा १३ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ६७३ जनाको उम्मेदवारी परेको हो।

प्रकाशित: Apr 26, 2022| 16:44 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...