बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • ‘पिंगाइ माया’मा तामाङ समुदायभित्र हुने भुइँमान्छेको अर्ग्यानिक प्रेमकथा [भिडियोसहित]

‘पिंगाइ माया’मा तामाङ समुदायभित्र हुने भुइँमान्छेको अर्ग्यानिक प्रेमकथा [भिडियोसहित]

मातृ भाषाका गीत बन्ने क्रम अहिले बाक्लै छ। यस्तैमा गायिका निर्मला घिसिङले ‘पिंगाइ माया’ बोलको तामाङ भाषाको गीत ल्याएकी छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– मातृ भाषाका गीत बन्ने क्रम अहिले बाक्लै छ। यस्तैमा गायिका निर्मला घिसिङले ‘पिंगाइ माया’ बोलको तामाङ भाषाको गीत ल्याएकी छन्। गायिका निर्मलाले दर्जन तामाङ सेलो गीत गीत गाएकी छिन्। ‘ओइ च्याङ्बा’, दर्बन्दी, शिरफूल जस्ता उनका गीत दर्शक स्रोताले अत्यधिक रुचाएका थिए। 

‘पिगांइ माया’ तामाङ भाषाको शब्द हो, जुन लोप हुन थालेको अवस्थामा छ भन्छिन् गायिका निर्मला। तामाङ समुदायमा छोरीलाई धेरै माया गरेर बोलाइने शब्द हो। अथवा प्रेमले लाटी भनिएको जस्तो हो। गायिका निर्मलाले भनिन्, ‘यो पिंगाइ माया एक लोप हुन थालेको शब्द हो र तामाङ भाषामा यो शब्द उपनामका रूपमा बढी प्रयोग गरिन्छ।’ 

गीतका शब्द नबुझे पनि दृष्य भाषाबाट गीतको मर्मलाई सबै दर्शकमाझ बुझाउन खोजिएको छ। गीतको भिडियो स्क्रीप्ट पत्रकार तथा कवि राजु स्याङ्तानले लेखेका हुन्। तामाङ भाषा नबुझे पनि भिडियो कथाबाट बुझाउन कोसिस गरेको बताउँछन् स्याङ्तान। ‘अक्षरको कथालाई दृष्यमा उतार्न गाह्रो हुँदा–हुँदा पनि हामीले कोसिस गरेका छौं,’ स्याङतानले भने। 

तामाङ समुदायभित्र अधिकांश हुने भुइँ मान्छेहरूको अग्र्यानिक प्रेम कथाले मन छुन्छन्। शब्द तथा स्वर निर्मलाकै छ। छोरी मान्छेकै प्रेम कथा लेख्न मन थियो। एउटा छोरी मान्छेको इच्छा आकांक्षा र प्रकृतिसँग आफूलाई सोच्द् उनले लेखेको बताइन् निर्मलाले। 

लोक मार्गमा काम गर्ने मजदुर युुवक र पानी पधेँरो धाइरहने एक गाउँले सोझी युवती बिचको प्रेमकथा देख्न सकिन्छ भिडियोमा। रामेछापको सुनपाती गाउँ पालिका, बेथान, डाहु र काठमाडौंको ह्वाइट गुम्बा आसपासमा छायांकन गरिएको यस गितको भिडियोमा तामाङ सामुदायको हस्ती तथा नेपाली कला स्थानमा चर्चित रहेको बुद्धिी तामाङ र अहिले सेलो जगतमा आफ्नो स्थान जमाउन सफल भएकी लोकप्रिय मोडेल निरन्जाली तामाङको आकर्षक अभिनयले यो भिडियो समग्रमा निकै राम्रो देखिन्छ।

प्रकाशित: Apr 26, 2022| 12:55 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।