काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ ०१ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७५ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८८ रुपैयाँ ०३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४२ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ५१ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १० पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७९ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर