शनिबार, साउन १२, २०८१

जनकपुरधामको मेयरका लागि २१ जनाको उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

triton college

आइतबार २ जना र सोमबार १९ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। मेयरमा १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन्।

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पार्टीले टिकट नदिँदा कांग्रेस, एमालेलगायत दलबाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन्। 

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिताकुमारी मिश्रले उम्मेदवारी दिएका छन्। 

Metro Mart
vianet

नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरी आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन्।

नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा वन्दना पाण्डेले उम्मेदवारी दिएका छन्। 

जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोष कुमार साहले मनोनयन दर्ता गराएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छिन्।

मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पंजियार र सुधीर कुमार महतोले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्। केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन्। 

एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरीले स्वतन्त्र रुपमा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। 


प्रकाशित: Apr 25, 2022| 21:59 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।