मंगलबार, फागुन १९, २०८२

रेफ्री संघमा बुद्धिबहादुर, खेलाडी संघमा विक्रम लामा चयन

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर लामा अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर लामा अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका छन्। उनलाई संघले सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो।

आउँदो असोज ६ गते एन्फाको निर्वाचन साधारणसभा हुँदैछ। आसन्न निर्वाचनका लागि एन्फाका सबै संघको अहिले नयाँ समिति गठन भइरहेको छ। त्यसमा रेफ्री संघको अध्यक्षमा लामा चयन भएका हुन्।

संघको उपाध्यक्षमा श्रीराम रञ्जितकार, विनोद केसी र मधुसुदन खनाल निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा शैलेश जोशी, वीरेन्द्रबहादुर पाण्डे, नवीन्द्र महर्जन, श्रवणकुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ निर्वाचित भए।

कल्पना शर्मा चाहिँ संघको महिला सदस्यमा निर्वाचित भएकी छन्। १३ जना उम्मेदवारले आ–आफ्नो पदका लागि प्रतिस्पर्धा गरेका थिए। कसैले नाम फिर्ता नगरेपछि निर्वाचन समितिले सबै उम्मेदवारलाई सर्वसम्मत घोषणा गरेको हो।

त्यस्तै, हिजो आइतबार खेलाडीको संघको अध्यक्षमा विक्रम लामा निर्वाचित भएका छन्। आइतबार बसेको खेलाडी संघको निर्वाचन समितिको बैठकले खेलाडी संघको अध्यक्षमा लामाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

kumari

त्यस्तै संघको उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र बिराज महर्जन निर्वाचित भएका छन् भने सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ निर्वाचित भएका छन्। उपाध्यक्ष र सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन्।

एन्फाको निर्वाचनका लागि जिल्ला संघहरुको चुनावी साधारणसभा पनि सम्पन्न भएको छ। त्यस्तै एन्फाको विभिन्न संघहरुको निर्वाचन प्रकृया भने जारी छ।

प्रकाशित: Apr 25, 2022| 16:18 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।