विराटनगर– सत्ता गठबन्धन दलबाट विराटनगरको मेयर र उपमेयरमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका हुन्।
कोइराला मोरङ कांग्रेसका उपसभापति हुन् भने यादव जसपा विराटनगरका अध्यक्ष हुन्।
यसअघि विराटनगरको मेयरमा नेपाली कांग्रेस वीपीबाट रामचन्द्र गौतम र उपमेयमा माया ओझाले मनोनयन दर्ता गरेका थिए। मनोनयनको पहिलो दिन आइतबार मेयरमा ३ जनासहित ५६ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए।