शनिबार, मंसिर १३, २०८२

बुटवलमा सत्ता गठबन्धनको सामना गर्दै बाबुराम भट्टराई

नेकपा एमालेले बुटवल उपमहानगरमा उम्मेदवारी दर्ता गरेको छ। सोमबार दिउँसो ३ बजे मेयरमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेका हुन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

बुटवल– नेकपा एमालेले बुटवल उपमहानगरमा उम्मेदवारी दर्ता गरेको छ। सोमबार दिउँसो ३ बजे मेयरमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेका हुन्। 

National life

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा एमालेका उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका हुन्। बुटवल पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेलको गृहनगर पनि हो। 

मेयरका आकांक्षी गोपाल रानाले टिकट नपाएपछि पौडेल रुष्ट बनेको भन्दै समाचार सार्वजनिक भएको थियो। त्यसलाई चिर्न समेत पौडेल बुटवल आएर उम्मेद्वार जिताउन खटिएको नेताहरूले बताएका छन्। एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गरेको छ।

एमालेले मेयर र उपमेयर सहित १९ वटै वडामा उम्मेदवारी दिएको छ। यो पटक एमालेलाई आफ्नो शाख जोगाउन चुनौति छ। पाँच दलीय गठबन्धनबाट मेयरमा खेलराज पाण्डेको उम्मेदवारी परेको छ। एमालेका उम्मेद्वार भट्टराई बुटवलमा व्यापारिक पृष्ठभूमिका हुन् भने उपमेयर उम्मेदवार अर्याल महिला अधिकारको क्षेत्रमा क्रियाशिल महिला हुन्। भट्टराई एमाले प्रदेश कमिटी सदस्य हुन् भने अर्याल पार्टी केन्द्रीय सदस्य।

राजनीतिक रुपमा भन्दा व्यावसायिक रुपमा परिचित नाम हो बाबुराम भट्टराई। उनी औषधी व्यवसायी हुन्। नेपाल औषधि व्यवसायी संघका पूर्वअध्यक्ष भट्टराईले एमालेको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए। स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा उनको जन्म भएको हो।

Laxmi sunrise bank
kumari

व्यवसायसँगै राजनीतिमा पनि भट्टराई भूमिगत कालदेखि नै जोडिएका पात्र हुन्। उनका अनुसार २०३२ सालदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा उनी सरिक भएका छन्। भट्टराई उद्योगी, व्यवसायी, युवा, विद्यार्थी माझमा परिचित छन्। 

भूमिगत कालमा बुटवलमा भाडामा बस्दा नेताहरुसँग आउजाउ गर्दादेखि नै नेताहरुसँग संगत बाक्लिएको थियो उनको। २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२–६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक भएर चर्चा कमाएका थिए।

भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएका छन्। यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता छन्।

प्रकाशित: Apr 25, 2022| 15:53 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।