शुक्रबार, वैशाख ७, २०८१

दुबई जाने विमानभित्रको नेपाल

त्यतिबेला त म आफू पनि खेलको रिपोर्टिङमा नगएर वैदेशिक रोजगारीमा हिँडेको हो कि भन्ने अनुभूति भइरहेको थियो।
 |  बुधबार, वैशाख १४, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, वैशाख १४, २०७९

यात्राको रमाइलो भनेकै नयाँ–नयाँ मान्छे भेट हुनु र नयाँ अनुभव लिनु हो। सुरुमा म  विमानको झ्यालतिरको सीटमा थिएँ। साथमै थिए पत्रकार मुकुन्द। पछिल्लो सिटमा थिए खेलाडी सुसन। उनको गफ गर्ने साथी भएनछन्। एक्लै मोबाइल चलाइरहे। बाँकी साथी कोही कता कोही कता छ्यासमिस थिए। विमानले नेपाली आकाशको सीमा पार गरेर विदेश हेर्न पुगिसकेको थियो। डर पनि लागिरहेकै थियो।

triton college

सँगै बसेका अन्य केही वैदेशिक रोजगारीका लागि जाँदै गरेका थिए। उनीहरु हामीलाई देखेर अघिदेखि नै मुस्कुराइरहेका थिए। सायद शुभकामना दिन चाहन्थे। मैले एक जनालाई सोधें, ‘के कामले जाँदै हुनुहुन्छ?’

एक जनाले भावशून्य मुद्रामा जवाफ दिए, ‘वैदेशिक रोजगारी त हो।’

‘एक्लै?’ मेरो अर्को प्रश्न रह्यो।

‘होइन, हामी पाँच जना छौं।’

corrent noodles
Metro Mart

‘युएई नै हो कि?’

‘होइन। कुवेत हिँडेका।’

छेउमै रहेका पाँच जनाले हात हल्लाए।

‘तपाईं चाहिँ कुन खेलको खेलाडी नि?’ उनले सोधे।

‘म खेलाडी होइन। अफिसियल हो,’ मैले भनें। मैले हाम्रो यात्राबारे सुनाएँ। उनीहरुले आफ्नाबारे भनेँ।

विराटनगर, बुटबल र बाग्लुङ घर बताउने उनीहरु कुवेतको सुपरमार्केटमा काम गर्न हिँडेका रहेछन्। मैले केही समय उनीहरुले विदेश यात्राबारे सुनेँ। उनीहरु मात्र होइन, वैदेशिक यात्रामा हिँडेका धेरै पात्र विमानमा थिए।

म बसेको सिटका मानिस रहेछन् इटहरीका। म पनि पूर्वकै। हाम्रो गफ मिल्यो। तर कोभिडकालको उनको अनुभवले चाहिँ मेरो मुटु नै सिरिंग बनायो। उनले सुनाएको पीडा त मैले जिन्दगीभर बिर्सन्नँ होला।

म बसेको सिटमा पनि एक जना वैदेशिक रोजगारीमा जाँदै रहेछन्। उनले पनि अन्य दाजुभाइसँग नेपालमा मेनपावरले दिएको सूचनाबारे कुराकानी गर्न थाले।

म बसेको सिटका मानिस रहेछन् इटहरीका। म पनि पूर्वकै। हाम्रो गफ मिल्यो। तर कोभिडकालको उनको अनुभवले चाहिँ मेरो मुटु नै सिरिंग बनायो। उनले सुनाएको पीडा त मैले जिन्दगीभर बिर्सन्नँ होला।

‘के भन्नु र सर! हामीलाई त मेनपावरले दुहुना गाईजस्तो सम्झन्छन्,’ उनले सुरुमा यति नै भने। पारीपट्टि रहेका अर्काले ‘हो’ भन्ने भावमा मुन्टो हल्लाएँ। उनी रहेछन्, भक्तपुरका। मैलै दुई तीन पटक सोधेपछि मात्र उनले त्यसो भनेका थिए।

‘दुई जना जाँदै हुनुहुन्छ?’ मैले सोधेँ।

‘होइन। हामी चार जना छौं।’

पारीको सिटमा रहेका तीन जना एकै टोलीमा रहेछन्। उनीहरु चाहिँ माल्टा जान लागेका रे।

‘त्यहाँ जान त टन्नै खर्च लाग्छ भन्छन् नि!,’ मैले प्रश्नसूचक कुरा गरेँ।

‘सुरुमा ९ लाख भनेको थियो। पछि गर्दैभन्दै लाँदा ११ लाख पुग्यो,’ उनले भने।

उनले कोभिड सुरु हुनुभन्दा अघि नै पैसा दिएका रहेछन्। बीचमा फिर्ता पनि मागेछन्। तर नपाएपछि त्यही म्यानपावरबाट प्रोसेस गरेछन्।

‘त्यत्रो पैसा दुई वर्षसम्म अड्काइदियो मेनपावरले। हामीलाई किन दिन्थे त। ब्याज खान पाए होलान्,’ उनले आफ्नो रिस पोखे, ‘पछि फेरि के के गर्ने भनेर दुई लाख लाग्यो। धेरै खर्च गरेर हिँडियो नि।’

एकातिर पैसा खर्च भयो नै। अर्कोतिर उनले कोभिडकै कारण आमा गुमाएछन्। कोरोनाभाइरसको संक्रमणको शंका लागेपछि हिँडेरै अस्पताल पुगेको मान्छेलाई पनि अस्पतालले बचाउन सकेनछ। त्यो पीडालाई अंगालेर उनी कसरी विदेश हिँडिरहेका थिए म सायदै कल्पना गर्न मात्र सक्थेँ।

उनलाई सान्त्वना दिनका लागि मसँग शब्द थिएनन्। उनको कुरा सुनेर मनमनै चुकचुकाएँ। नसोध्नु पर्ने कुरा सोधेँ कि भन्ने लाग्यो। मैले सिटबेल्ट फुकालेँ। कपाल मिलाएँ। अरबी जहाजमा दिएको सानो प्याकेटको पानी थोरै मात्र पिएँ। पिएँ पनि के भन्नु ओठ भिजाएँ।

शरीरलाई जति सजिलो बनाए पनि उनको कथाले यति बाँध्यो कि मैले आफूलाई स्वतन्त्र महसुस गर्नै सकिनँ।

‘आमा सुरुको एक दुई दिन त वार्डमै हुनुहुन्थ्यो। अर्को दिन अक्सिजन दिनुपर्ने भयो। दिनदिनै अक्सिजनको मात्रा बढ्दै गयो। अस्पतालले न डिस्चार्ज दियो न निको नै बनाइदियो,’ उनी सुनाउँदै थिए।

उनी त केवल अस्पतालबाहिर बसेर भनेका कुरा मानिरहेका रहेछन्। ‘मलाई त खानाभन्दा धेरै ओखति किन्न लगाए नि,’ उनले भने। केही दिनमा आमा आईसीयूमा भर्ना भइन्। अस्पतालले जे भन्यो उनले माने। तर हात समातेर हिँडेरै अस्पताल पुगेकी उनकी आमा फेरि घर फर्किनन्।

त्यतिबेलै उनका बुवालाई पनि कोभिड लागेछ। आमा अस्पतालमै थिइन्। तर उनी चेतिसकेका थिए। बाबुलाई अस्पताल लगेनछन्।

‘विदेश हिँड्नुभन्दा अघि बाबाले मात्र बिदाइ गर्न पाउनुभयो। मैले आमालाई धेरै मिस गरेँ,’ उनले भने। अस्पतालमा उनको आमाको ज्यान मात्र गएन १२ लाख पैसा पनि खर्च भयो। विदेश अनि आमाको अस्पताल खर्च मात्र २२ लाख। उनको दुई वर्षको कथा यत्ति हो। तर कथाभित्रको वेदना कति हो कति लेख्न मुस्किल छ।

विमान आकाशमा उडिइरहँदाको एक घण्टामा उनले व्यक्त गरेजस्तै वेदना त्यहाँ वैदेशिक रोजगारीमा जाँदै गरेका कतिमा थियो होला? मैले कल्पना गरेँ।

यसो वरिपरि हेरेँ। त्यहाँ रहेका धेरैका आँखा अझसम्म रसाइरहेका थिए। यस्ता वेदना त हरेकसँग हुन्छन्। कामकै खातिर देश छोड्नुपर्ने वेदनाभन्दा अर्को ठूलो पीडा के हुन सक्ला? मैले आफैंलाई प्रश्न गरेँ।

त्यतिबेला त म आफू पनि खेलको रिपोर्टिङमा नगएर वैदेशिक रोजगारीमा हिँडेको हो कि भन्ने अनुभूति भइरहेको थियो। उनको कथा सुन्नुअघि जहाजमा खाजा आइपुगेको थियो।

जहाजले भात र तरकारी नै दिने रहेछ। खुसी लाग्यो। किर्गिस्तानमा भात पाइने हो वा होइन चिन्ता थियो। यहाँ चाहिँ पाइयो।

प्रकाशित: Apr 27, 2022| 07:35 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...