शनिबार, मंसिर १३, २०८२

गठबन्धनबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका को हुन् पाण्डे?

पाँच दलीय गठबन्धनबाट नेपाली का‌ग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गरेका छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

बुटवल– पाँच दलीय गठबन्धनबाट नेपाली का‌ग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन गरेका छन्। आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले मनोनयन दर्ता गरेका हुन्।

National life

पाण्डे नेपाली कांग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति छन्। बुटवलमा गठबन्धनको तर्फबाट मेयर नेपाली कांग्रेसले पाएको छ। उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ।

समाजवादीबाट चीनबहादुर गुरुङले उम्मेदवारी मनोनयन गर्दैछन्। एमालेले भने बुटवलमा बाबुराम भट्टराईलाई मेयरमा उठाउँदै छ। बुटवलमा कांग्रेसले मेयरसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको कांग्रेस नेता युवराज गिरिले बताए। 

मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिबद्वता जनाए। उनले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने दाबी गरे। उनले सुकुम्बासी अव्यवस्थित बसोबासको समस्या व्यवहारमै हल गर्ने बताए। बुटवलको सिक्स लेन सडक सुधार गर्ने प्रतिबद्धता उनको छ।

को हुन् खेलराज पाण्डे? 

Laxmi sunrise bank
kumari

पाण्डे यसअघि २०७४ सालको निर्वाचनमा पनि बुटवल उपमहानगरको मेयरका उम्मेदवार थिए। उनी एमालेका शिवराज सुवेदीसँग पराजित भएका हुन्। उनी सुवेदीसँग २३ सयको मतले पराजित भएका थिए। 

यो पटक गठबन्धनबाट उम्मेदवार भएका पाण्डे बाजी मार्ने दाउमा छन्। सरल स्वाभावका नेता पाण्डे कांग्रेसभित्र लोकप्रिय मानिन्छन्। तर, यो पटक भने कांग्रेसभित्र असन्तुष्टि देखिन्छ। उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले राजीनामा दिएका छन्। 

पाण्डे २०२६ साल फागुन ५ गते कालिगण्डकी–२ स्याङ्जामा जन्मेका हुन्। स्याङ्जामा जन्मिएका भए पनि पाण्डेको राजनीतिक जीवन भने बुटवलमै बितेको छ। २०३९ सालदेखि राजनीतिमा लागेका पाण्डेले आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य लिएर राजनीति सुरु गरेका थिए। 

बुटवललाई नै राजनीतिक थलो बनाएका पाण्डे हालै तेस्रो कार्यकालका लागि बुटवल नगरको सभापति बनेका छन्। २०५२ सालमा नेविसंघ सचिव रुपन्देही, २०५९ सालमा तरुण दल रुपन्देही अध्यक्ष, २०६० सालमा तरुण दल केन्द्रीय सदस्य भएका हुन्। २०६७ मा नेपाली कांग्रेस नगर सभापति बनेका पाण्डे २०७२ सालमा नगर विकास समिति बुटवलको अध्यक्ष भएका थिए। २०३८ सालमा बुटवल झरेका पाण्डेको पहिचान ग्रामीण क्षेत्रमा राम्रो रहेको स्थानीय जानकारहरु बताउँछन्।

प्रकाशित: Apr 25, 2022| 13:58 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।