आइतबार, जेठ १७, २०८३

तर क्यामेराले पत्याएन

उडान हुने बेलामा पहिलो फोटो खिच्नुपर्ने भयो। तर क्यामेराले फोटो खिच्नै मान्दैन त। सबै जना अघि उभिएर पोज दिइरहेका छन् तर मैले चलाएको क्यामेराले मरिगए फोटो खिच्दैन। 'सुटर बटम' जति दबाए पनि भएन। हेर्छु क्यामेरा त अन नै छ। तर फोटो आउँदै आएन।
 |  मंगलबार, वैशाख १३, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, वैशाख १३, २०७९

नेपालले गत चैत अन्तिममा एएफसी फुटसल एसियन कप छनोट खेल्यो। प्रतियोगितामा १४ खेलाडीसहित २३ जनाको टोली २०७८ चैत २३ गते किर्गिस्तानको राजधानी बिस्केक लाग्यो। 

National life

म पनि मिडिया अफिसरको रुपमा टोलीमा सहभागी थिएँ। पहिलो विदेश यात्रा भएकाले उत्साहित थिएँ तर जिम्मेवारीको भारले थिचेको पनि थियो। प्रेम मात्रै होइन, पहिलो पटक गरिएका धेरै कुरा जीवनमा यादगार हुन्छन्।

नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष अञ्जन खड्काले यात्राको लागि आवश्यक सहयोग गर्नुभएको थियो। उहाँले एक लाख रुपैयाँ बराबरको डलर साट्न भन्नुभएको थियो। नेपाली टोलीका म्यानेजर विनोद गुरुङबाट भिसा र टिकट पाएपछि चैत २२ गते डलर साट्न गएँ। तीन बजिसकेछ। बैंक बन्द। काम भोलिपल्टलाई सर्‍यो।

फुर्सदको समयमा मोबाइलमा किर्गिस्तानको मौसम हेरेँ। त्यहाँ गर्मी लागिसकेछ। १० दिनअघिसम्म त्यहाँको मौसम कठ्याङ्ग्रिने चिसो थियो। तापमानको डिग्री झरेर एक, दुई (सेल्सियस) सम्म पुगेको थियो। अहिले ह्वात्तै बढेको रहेछ।

फेरि चिसो भयो भने? दिमागको एउटा कुनाले शंका जतायो। ज्यानलाई न्यायो पार्न एउटा हुडी/ज्याकेट त बोक्नुपर्छ होला भन्ने लाग्यो।

Shivam cement

पहिलो विदेश यात्राको लागि जोहो गरेको नयाँ सुटकेसमा पहिल्यै कपडाको थुप्रो लगाइसकेको थिएँ। कपडाको चेपमा भेज वाईवाईका पोका ‘उल्लेख्य संख्या’मा कोचेको थिएँ। फेरि आफू परियो 'भेजी पार्टी', कहाँ के पर्ला? अनिकालको जोहो त गर्नुपर्‍यो। किर्गिस्तान मांसाहारीका लागि प्रिय मुलुक रहेछ। त्यहाँ भेज खाना पाइएन भने? सोचेँ भेज खानै नपाइने देश त कहाँ नै होला!

प्रकाशित: Apr 26, 2022| 08:04 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...