मंगलबार, साउन २६, २०८३

श्रीमतीको हत्या अभियोगमा दुई जना पक्राउ

श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-१० कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-१० कपनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनले श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीयले फेला पारी अस्पताल पुर्‍याएका थिए। अस्मिताको शुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा ज्यान गएको थियो।

यस्तै मकवानपुरमा पनि एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २८ वर्षीया श्रीमती दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-५ तीन तले बस्ने भारत मध्य प्रदेश भूपाल घर भएका ३० वर्षीय पवन सोनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पवनले घरायसी विवादका कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ।

प्रकाशित: Apr 25, 2022| 13:05 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।